दक्ष जनशक्ति उत्पादनमा होटल संघ र इन्स्योर

पोखरा ।
होटल क्षेत्रका लागि औपचारिक रुपमा दक्ष कामदार उत्पादन गर्ने क्रममा देखिएका समस्या र तिनलाई समाधान गर्दै अगाडि बढ्ने विषयमा बुधबार पोखरामा कार्यक्रम भएकाे छ ।
होटल संघ पोखरा नेपाल र दिगो तथा सम्मानित रोजगारीका लागि सीप (इन्स्योर) परियोजनाको आयोजना कार्यक्रम भएकाे हाे । कमाउँदै सिक्दै भन्ने मान्यता अनुरुप इन्स्योर अन्तर्गत सञ्चालित औद्योगिक प्रशिक्षार्थी तालिम (अप्रेन्टिसिप) सञ्चालनको क्रममा आइपर्ने समस्यालाई कसरी निराकरण गरेर लैजान सकिन्छ भन्ने बारेमा कार्यक्रममा चर्चा गरिएको थियो ।
कार्यक्रममा संघ अन्तर्गतका होटलका संचालक, व्यवस्थापक र मानव संशाधन विभागका कर्मचारीहरुको उपस्थिति रहेको ।स्वीस सरकारको आर्थिक तथा हेल्भेटास नेपालको प्राविधिक सहयोगमा गण्डकी प्रदेश सरकारको समाजिक विकास, युवा तथा खेलकूद मन्त्रालयले इन्स्योर परियोजना मार्फत् प्रि डिप्लोमा तहको २४ महिने अप्रेन्टिसिप कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को प्रिडिप्लोमा तह बमोजिम स्वीकृत पाठ्यक्रमको आधारमा २४ महिना अबधि तोकिएको हो । उक्त अवधि मध्ये साडे तीन महिना शिक्षालयमा र साडे १९ महिना औद्योगिक प्रतिष्ठानमा विद्यार्थीले बिताउँछन् । एक महिना पुनः शिक्षालयमा नै फर्कने प्रावधान रहेको छ ।
कार्यक्रम अन्तर्गत सूचना प्रविधि, इलेक्ट्रिकल इञ्जिनियरिङ, मेकानिकल इञ्जिनियरिङ, अटोमोवाइल, होटल म्यानेजमेण्ट, भवन निर्माण, चिया प्रविधि र बच्चा स्याहार जस्ता आठ क्षेत्र समेटिएको इन्स्योरका प्राइभेट सेक्टर इन्गेजमेण्ट विज्ञ लोकराज जोशीले प्रष्ट पारे ।
होटल क्षेत्रको जनशक्तिले क्षमता अभिवृद्धि गरोस् र व्यवहारिक ज्ञान हासिल गर्न आउने प्रशिक्षार्थीलाई होटल क्षेत्रमा सौहार्द रुपमा स्वागत होस् भन्ने चाहना इन्स्योरको रहेको उनले प्रष्ट्याए ।
प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम प्रणाली मार्फत् नेपालका युवा, महिला तथा पुरुषहरुलाई सामाजिक तथा आर्थिक लाभ प्रदान गर्ने उद्धेश्य २०७८ बाट संचालित इन्स्योर परियोजनाले लिएको छ । रोजगारी, श्रम बजारको आवश्यकतालाई सम्वोधन गर्ने र उद्योग तथा पर्यटन क्षेत्रमा दक्ष जनशक्ति परिपूर्ति गर्ने उद्धेशय पनि रहेका छन् । अप्रेन्टिसिप कार्यक्रम प्राविधिक शिक्षालय र उद्योग व्यवसाय दुवै स्थानमा सिकाइने (टिभेट) प्रकृतिको हो ।
कमाउँदै सिक्दै भन्ने मान्यता अनुशरण गर्दै सैदान्तिक र व्यवहारिक दुबै रुपमा अगाडि बढ्ने कार्यक्रमले क्षमता अभिवृद्धिमा पनि जोड दिएको छ । सरकारको तोकेको न्यूनतम पारिश्रमिकको २५ प्रतिशत पारिश्रमिक, पोशाक खर्च, दैनिक रु १०० यातायात खर्च, प्रि डिप्लोमा तहको प्रमाणत्र लगायतका सुविधा प्रशिक्षार्थीका लागि रहेका छन् ।
कार्यक्रममा बोल्दै होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले होटल क्षेत्रका लागि चाहिने दक्ष जनशक्ति आपूर्ति गर्न केही हदसम्म भए पनि कार्यक्रम सहयोगी हुने भनाई राखे । सीप सिकेको जनशक्ति बैदेशिक रोजगारीमा जाँदा पर्यटन क्षेत्रले कठिनाई भोग्नुपरेको उनले बताए । हान केन्द्रका कोषाध्यक्ष युवराज श्रेष्ठले दक्ष जनशक्तिको अभाव पर्यटन क्षेत्रका लागि ठूलो चुनौतिको रुपमा रहेको भन्दै अप्रेन्टिसिप कार्यक्रम त्यस्तो अभाव परिपूर्तिमा सहयोगी हुने भनाई राखे ।
होटल संघ पोखरा नेपालका केन्द्रिय सदस्य भरतराज पराजुलीले उपस्थित सबैलाई धन्यवाद दिंदै अप्रेन्टिसिप कार्यक्रमको सराहना गरे । सीटीईभीटी अन्तर्गतको पोखरा प्राविधि विद्यालयका प्राचार्य हर्कलाल श्रेष्ठ र धौलागिरी प्राविधिक शिक्षालयका प्राचार्य खड्गबहादुर सुब्बाले पनि छलफल कार्यक्रममा भनाई राखेका थिए ।









नेपाल डेरी एसोसिएसन गण्डकीको अध्यक्षमा कँडेल, नयाँ कार्यसमिति सर्वसम्मत
वार्ता चलिरहँदा कांग्रेस विशेष महाधिवेशनमा निर्वाचन प्रक्रिया सुरु, आज राति नै मतदान हुने
नेपाल टेलिकम पोखराको २२औं वार्षिकोत्सव : २२ विद्यालयमा डिजिटल साक्षरता, विद्यार्थीलाई विशेष अफर
जेनजी आन्दोलनमा क्षति पुगेको कास्की अदालतलाई ज्योति विकास बैंकको सहयोग
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया