रवि लामिछानेलाई काठमाडौं लगिने
समाधान संवाददाता
२०८१ मंसिर १३ गते १६:४७

पोखा ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बिहीबार अपराह्न काठमाडौं लगिने भएको छ ।
सभापति लामिछानेलाई बिहीबार अपराह्न ५ः३० बजे बुद्ध एयरको जहाजबाट काठमाडौं लगिने रास्वपाले बताएको छ ।
लामिछानेविरूद्ध काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरिसकेकाले बयानका लागि काठमाडौं लैजान लागिएको हो ।
सहकारी ठगी र संगठित अपराध कसुरमा गत कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई कास्की प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया