भारतबाट पोखरा विमानस्थलमा आयो पहिलोपटक जहाज

समाधान संवाददाता २०८१ मंसिर १३ गते १९:४१

पोखरा ।
भारतको नयाँ दिल्लीबाट आएको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलपटक ओर्लिएको छ । युरोपेली कम्पनी जेल एयरको सिंगल इन्जिन निजी जेट विमान बिहीबार पोखरा आएको हो ।

Advertisement

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकी प्रवक्ता जशोदा सुवेदीका अनुसार चालक दलका सदस्यसहित ४ यात्रु लिएर विमान बिहीबार साँझ पौने ६ बजे बजे पोखरा विमानस्थलमा उत्रेको हो ।

आज राति पोखरामै बसेर उक्त विमान शुक्रबार बंगलादेश जाने तय भएको छ ।

पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय व्यावसायिक उडान अहिलेसम्म हुन सकेको छैन ।

पोखरामा यसअघि विभिन्न देशबाट ९ वटा चार्टर उडान भएका छन् । पोखरामा हुने ड्रागन बोट रेसमा सहभागी हुन पुस ११ मा चीनको सिचुवान एयरलाइन्सको चार्टर विमान खेलाडी लिएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने तालिका छ ।

Advertisement

तपाईको प्रतिक्रिया