सृजना बहिरा माविमा जलवायु परिवर्तन अभिमुखीकरण

पोखरा । नेपाल स्काउट गण्डकी प्रदेशको आयोजनामा पोखरा २६ स्थित सृजना बहिरा आवासीय माविमा जलवायु परिवर्तन सम्बन्धी छलफल तथा अन्तक्र्रियासहित अभिमुखीकरण कार्यक्रम शुक्रबार भएको छ ।
कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले उदघाटन गरे । प्रमुख पौडेलले जलवायु परिवर्तनका कारण समग्र पृथ्वी खतरामा परेको हुँदा सचेत र जागरुक हुनुपर्ने बताए । पौडेलले अभिमुखीकरण मार्फत विद्यार्थीहरूमा चेतना जगाउन कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रकाशलाल श्रेष्ठ, प्रधानाध्यापक सुनीलकुमार भण्डारी, नेपाल स्काउट गण्डकीका सुशासन तथा बित्त आयुक्त गंगाधर बराल, स्काउट गण्डकीका कार्यकारी समिति सदस्य अनिता राई, स्काउट गण्डकीका सदस्य सचिव विजय पौडेलसहितले जलवायु परिबर्तन न्यूनीकरण विषयमा आ आफ्नो भनाइ राखेका थिए । नेपाल स्काउट गण्डकी प्रदेशका सभापति सागर पौडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।








वार्ता चलिरहँदा कांग्रेस विशेष महाधिवेशनमा निर्वाचन प्रक्रिया सुरु, आज राति नै मतदान हुने
नेपाल टेलिकम पोखराको २२औं वार्षिकोत्सव : २२ विद्यालयमा डिजिटल साक्षरता, विद्यार्थीलाई विशेष अफर
जेनजी आन्दोलनमा क्षति पुगेको कास्की अदालतलाई ज्योति विकास बैंकको सहयोग
मुस्ताङको लोमान्थाङबाट २ करोडभन्दा बढी मूल्यको इलेक्ट्रिक चुरोटसहित कन्टेनर नियन्त्रण
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया