नेपाल शिक्षक संघका पूर्व अध्यक्ष मोहन ज्ञवालीको निधन

पोखरा । नेपाल शिक्षक संघका पूर्व अध्यक्ष मोहन ज्ञवालीको निधन भएको छ । उनको काठमाण्डुमा शुक्रबार निधन भएको हो ।
ज्ञवाली शुक्रबार दिउँसो पुतलीसडकमा साथीभाइसँग खाजा खाएर छुटेका थिए । साँझमा उनी सामाखुसीको साँघुरो बाटोमा बेहोश अवस्थामा भेटिएका थिए । प्रहरीले तत्कालै उनलाई अस्पताल लगेको थियो । त्यतिबेलासम्म उनको निधन भइसकेको थियो । हिँड्दै गर्दा उनलाई हृदयघात भएको अनुमान गरिएको छ ।
गुल्मीको थोर्गामा २०२० सालमा जन्मेका ज्ञवाली २०३८ सालमा उच्च शिक्षा पढ्न पोखरा आएका हुन् । उनले पोखराको पृथ्वीनारायण क्याम्पसबाट स्नातक तह उत्तीर्ण गरेका थिए । त्यसअघि देखि नै उनी शिक्षण पेसामा लागेका थिए ।
कास्कीकै हंसपुरमा पढाएका उनी त्यसपछिको लामो समय पोखराकै भद्रकालीमा पढाए । उनी केही समय भद्रकालीको प्रधानाध्यापक पनि भए ।
शिक्षक आन्दोलनमा लागेका कारण उनी काठ्माडौं जाउआउ गरिरहन परेका कारण उनी बेतलबी बिदामा बस्न हेडमास्टर छाडेका थिए ।
ज्ञवालीले पढाएका विद्यार्थी राजेन्द्र भण्डारी असाध्यै मेहनती र दक्ष, पेसाप्रति प्रतिबद्ध भएका अनि विद्यार्थीलाई जहिले पनि हौसला प्रदान गर्ने शिक्षकको रुपमा आफूले स्मरण गर्ने बताए । भण्डारी भद्रकालीकै निवर्तमान प्रअ हुन् ।
२०५० सालमा स्थायी भए पनि उनले पेन्सन भने पाएनन् । नेपाली कांग्रेसको समानुपातिक सूचीमा पर्ने आश्वासनपछि उनले अवधि अघि नै राजीनामा दिएका थिए । तर उनी समानुपातिकको सूचीमा परेनन् ।







स्याङ्जाको सिडिओ कार्यालयले जग्गा प्रयोग गरेबापत श्रेष्ठलाई १ करोड रुपैयाँ क्षतिपूर्ति
कालिका बहुमुखी क्याम्पसका गौतमलाई उत्कृष्ट क्याम्पस प्रमुखको सम्मान
लेखा दिवस मनाइयो
हिमपातपछि याकचौँरी बेँसीमा
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया