पोखरा १५ मा ४८ युनिट रगत संकलन

पोखरा । नेपाल रेडक्रस सोसाइटी पोखरा १५ उपशाखा र अलकापुर आमा समूहको संयुक्त आयोजनामा शनिबार खुला रक्तदान आयोजना गरिएको छ । शुक्लेश्वर मन्दिर परिसरमा भएको कार्यक्रममा ४८ युनिट रगत संकलन भएको रेडक्रस पोखरा १५ का उपशाखाका सभापति शिवबहादुर भण्डारीले जानकारी दिए ।
पोखरा महानगरपालिका वडा नम्बर १५ का अध्यक्ष तोरण बानियाँले सामाजिक संघ, संस्थाको सहकार्यमा वडा कार्यालयले सामाजिक तथा मानवीय सेवाको क्षेत्रमा काम गरेको उल्लेख गरे । नेपाल रेडक्रस सोसाइटी कास्की सभापति डण्डराज शर्मा पौडेलले रेडक्रसले आफ्नो प्रमुख कामका रुपमा रगतको संकलन, भण्डारण र वितरणको काम गरेको बताए । उनले गण्डकी प्रदेश सरकारसँगको समन्वयमा रेडक्रस कास्कीले २०७८ फागुनदेखि रक्त सेवालाई निशुल्क गरेको जनाए ।
कार्यक्रममा पोखरा १५ का पूर्व अध्यक्ष प्रकाश पौडेल, वडा सदस्य बलराम पौडेल, नेपाल रेडक्रस सोसाइटी कास्की कार्यसमिति सदस्यहरु पार्वती कार्की, सुवास अधिकारी र कमलप्रसाद पौडेल, अलकापुर आमा आमा समूहका अध्यक्ष गीता शर्मा, सचिव सुनिता कँडेल लगायतले रक्तदानको महत्वबारे बोलेका थिए ।








स्पोट्र्स अवार्ड वैशाख १८ गते हुने
मुग्लिन–आँबुखैरेनी पारी २ लेनको सडक
चर्को आलोचनापछि राष्ट्रपतिकी छोरी संज्ञाले बन्दसूचीबाट फिर्ता लिइन् नाम
पोखरा–विराटनगर उडानको पहल
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया