ड्यामसाइड क्लबमा रमेशप्रसाद बराल निर्विरोध

समाधान संवाददाता २०८१ मंसिर १५ गते १७:१३

पोखरा । ड्यामसाइड क्लब पोखराको अध्यक्षमा रमेशप्रसाद बराल निर्विरोध भएका छन् । शनिबार क्लबको १७ औँ साभारणसभा तथा १३ औँ अधिवेशनले बरालको अध्यक्षतामा १३ कार्यसमिति समिति चुनेको हो ।

Advertisement

वरिष्ठ उपाध्यक्ष पुजन थकाली, उपाध्यक्ष नितीन शेरचन(किरण), महासचिव राकेश श्रेष्ठ, सचिव प्रमिन्द्र थापा र कोषाध्यक्षमा सफल थापा छन् । सदस्यमा सुनील हिराचन, प्रकाश गुरुङ, सन्ध्या श्रेष्ठ, विकास रानाभाट, गम्भीर परियार, प्रकाश गुरुङ र मिराज थापामगर निर्विरोध बने ।

नवनिर्वाचित अध्यक्ष बरालले क्लबबाट हालसम्म दर्जनौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन भइसकेको जनाउँदै यो अभियानलाई जारी राख्ने जनाए ।

तपाईको प्रतिक्रिया