बागलुङ समाजको रक्तदानमा ४८ युनिट रगत संकलन

समाधान संवाददाता २०८१ मंसिर १५ गते १७:१७

पोखरा । बागलुङ समाज पोखराले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ४८ युनिट रगत संकलन भएको छ । प्रादेशिक रक्तसञ्चार केन्द्र, पोखराको प्राविधिक सहयोगमा शुक्रबार आयोजित कार्यक्रम पोखरा महानगरपालिका वडा नं. ८ का वडाध्यक्ष रुद्रनाथ बरालले पहिलो रक्तदाता टिकेन्द्र खड्का र समाजका अध्यक्ष ठाकुरप्रसाद सापकोटालाई ब्लड ब्याग हस्तान्तरण गरी उद्घाटन गरे ।

Advertisement

कार्यक्रममा समाजका पूर्व अध्यक्षहरू प्राडा रवीन्द्रप्रसाद श्रेष्ठ, डा. भानु कँडेल, कुलचन्द्र शर्मा, बागलुङ समाज पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष जयराम आचार्य, प्रादेशिक रक्तसञ्चार केन्द्र, पोखराका प्राविधिक महेन्द्र केसीलगायतले रक्तदानको महत्वबारे बोलेका थिए ।

समाजका अध्यक्ष ठाकुरप्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव गंगाबहादुर पुन र उपाध्यक्ष एवं कार्यक्रम संयोजक नरेश सुवेदीले स्वागत मन्तव्य व्यक्त गरे । समाजका अध्यक्ष सापकोटाले रक्तदान कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे । बागलुङ समाज पोखराले हरेक वर्ष खुल्ला रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया