दुर्लुङ तमु समाजको २३ औं साधारण सभा

पोखरा ।
दुर्लुङ तमु समाजले पोखरामा २३ औं साधारण सभा सम्पन्न गरेको छ ।
पोखरा महानगरपालिका २५ तल्लो फेदी (मुलपानी) स्थित आफ्नै समाज भवनमा दुर्लुङ तमु समाजले २३ औं वार्षिक साधारण सभा एवम् २४ औं जन्मोत्सव मनाएको हो ।
उक्त कार्यक्रमको गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले उद्घाटन गरे ।
सो अवसरमा बोल्दै बस्यालले दुर्लुङ समाजले एकताको सन्देश दिएको धारणा राखे ।
उनले फरक प्रसंगमा बोल्दै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई पूरा गर्न नागरिक स्तरबाट पनि योगदान दिन जरुरी रहेको बताए ।
उनले नागरिक समाजको गतिविधिले राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने बताउदै सक्रिय हुनुपर्नेमासमेत जोड दिएका थिए ।
यस्तै विशेष अतिथिसमेत रहेका गण्डकी प्रदेश सभा सदस्य भक्त बहादुर कुँवरले समाजको २३ औं वार्षिक साधारण सभाको अवसरमा बधाई तथा शुभकामना अर्पण गरे ।
उनले सामाजिक भातृत्व कायम गर्न र एक अर्कालाई सहयोग गर्न समाजको आवश्यकता रहने बताए ।
‘आफ्नै घर हुँदा हुँदै पनि समाज घर किन आवश्यक परेको होला भनेर मैले महशुस गर्थै, उनले भने, ‘हामी जन्म थलो, थाक थलो छोडेर हिड्छौ । त्यसपछि सुखदुखमा समाज घरको अत्यन्तै आवश्यक पर्दाेरहेछ । यसले एकापसमा सहयोग र भातृत्वको विकास गर्न धेरै नै भूमिका रहन्छ ।’
उनले दुर्लुङ तमु समाजबाट अन्य समाजले सिको गर्नुपर्नेसमेत धारणा राखेका थिए ।
सो कार्यक्रमकाबीच समाजलाई सहयोग गरेको भन्दै डब्लुओटु गणेश बहादुर गुरुङ, सुवेदार गणेश बहादुर गुरुङ, क्याप्टेन चित्र बहादुर गुरुङ, पूर्णकुमारी गुरुङ र हेलीमाया गुरुङलाई सम्मान अर्पण गरिएको थियो ।
कार्यक्रम दुर्लुङ तमु समाजका अध्यक्ष दान बहादुर गुरुङको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा समाजका वरिष्ठ उपाध्यक्ष क्याप्टेन गोलमान गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए । भने, सचिव मीन बहादुर गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।









कांग्रेस विवाद समाधानका लागि वार्ता समिति गठन, आज बिहान ९ बजेसम्म बन्दसत्र स्थगित
मिस्टर एन्ड मिस विश्वकर्मा गण्डकीको उपाधि निश्चल र स्वेच्छालाई
निर्वाचन आउन ५१ दिन बाँकी, समानुपातिकका ८५ उम्मेदवारले नाम फिर्ता लिए
१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया