मुस्ताङको थासाङमा ७ दिनदेखि बेपत्ता व्यक्ति मृत भेटिए

समाधान संवाददाता २०८१ मंसिर १६ गते १२:१३

जोमसोम । मुस्ताङको थासाङमा ७ दिनदेखि बेपत्ता एक व्यक्ति मृत फेला परेका छन् । थासाङ गाउँपालिका—४ झिप्रा देउराली निवासी ५० वर्षीय आइबहादुर दमाई शनिबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका डिएसपी सूर्यबहादुर बोगटीले जानकारी दिए ।

Advertisement

मंसिर ९ गते घरबाट मुस्ताङको घाँसामा आफन्त बितेको ठाउँमा हिडेका दमाई आफन्तको मरेको ठाउँमा पुगेर घर फर्किदा सम्पर्कविहिन थिए । दमाई घर नफर्किएपछि थासाङ—४ का वडाध्यक्ष नगेन्द्र शेरचनले ईलाका प्रहरी कार्यालयलाई जानकारी गराएका थिए । सम्पर्कविहिन दमाईका परिवारले समेत जिल्ला प्रहरी कार्यालय मुस्ताङमा खोजतलासका लागि लिखित निवेदन दिएका थिए ।

लगातार ७ दिनसम्म सम्पर्कविहिन अवस्थामा रहेका दमाईको खोजीकार्यका लागि नेपाल प्रहरी,नेपाली सेना र स्थानीय बासिन्दाले थासाङको विभिन्न स्थानमा खोजतलास गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी प्रमुख एवं डिएसपी सुर्यबहादुर बोगटीले ७ दिनसम्म सम्पर्कविहिन भएर बेपत्ता व्यक्ति फेला परेको पुष्टि गरे । डिएसपी बोगटीका अनुसार बेपत्ता दमाईको शव थासाङ गाउँपालिका—३ लेते खोला किनारामा उत्तानो परेको अवस्था मृत भेटिएको हो ।

बेपत्ता व्यक्ति शव फेला परेको सूचना स्थानीयबाट जानकारी गराइएपछि जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट डिएसपी बागेटीको कमाण्डमा ४ जना र ईलाका प्रहरी कार्यालयबाट ३ जना गरी ७ जनाको प्रहरीले घटना स्थलमा पुगेको थियो ।

Advertisement

प्रहरीले मृत शव थासाङ गाउँपालिका —३ स्थित लेते प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल अधिकारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया