महिला हिंसा अन्त्यका लागि ऐक्यबद्धता जनाउँदै महिला उद्यमी संघ कास्कीको टोली मर्दी हिमाल ट्रेकिङमा

पोखरा । महिला हिंसा अन्त्यका लागि ऐक्बद्धता जनाउँदै महिला उद्यमी संघ, नेपाल कास्कीको टोली मर्दि हिमाल ट्रेकिङमा निस्केको छ । महिला हिंसाबिरुद्धको १६ दिने अभियान चलिरहँदा ‘महिला हिंसा अन्त्यका लागि महिला उद्यमी संघ नेपाल, कास्कीको ऐक्यबद्धता’ भन्ने नारासहित ७ सदस्यीय टोली मर्दी हिमाल ट्रेकिङमा निस्किएको हो ।
संघ कास्कीकी अध्यक्ष सरु बरालसहितको टोली आइतबार पोखरादेखि माछापुच्छ्रे गाउँपालिकाको भिंडाबारीसम्म गाडीमा गएर त्यसपछि ट्रेकिङ शुरु गरेको हो । टोली आज २ हजार ७ सय मिटरको उचाईमा रहेको रेस्ट क्याम्पमा पुगेर बास बसेको अध्यक्ष बरालले जानकारी दिइन् ।
तीन दिने सो ट्रेकिङका क्रममा आफूहरुले ट्रेकिङ रुटमा पर्ने बाटामा भेटिएका फोहोरमैला संकलन गरेर व्यवस्थापनपनि गर्ने उनले बताईन् । हामी सरसफाईपनि गर्नेछौं,उनले भनिन्,‘मर्दि रुटमा क्राउड (भीड) बढ्दा फोहोरपनि बढेको छ । त्यसैले हामी आफैलेपनि सरसफाई गर्ने अनि त्यसक्रममा भेटिएकाहरुलाईपनि सचेतना जगाउने कार्य गर्नेछौं ।’








कांग्रेस विवाद समाधानका लागि वार्ता समिति गठन, आज बिहान ९ बजेसम्म बन्दसत्र स्थगित
मिस्टर एन्ड मिस विश्वकर्मा गण्डकीको उपाधि निश्चल र स्वेच्छालाई
निर्वाचन आउन ५१ दिन बाँकी, समानुपातिकका ८५ उम्मेदवारले नाम फिर्ता लिए
१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया