कविता र निबन्ध प्रतियोगिता गर्दै सुजल डेरी
पोखरा ।
सुजल डेरी प्रालिले ‘आमा म दूध पिउँछु’ शीर्षकमा माविस्तरीय कविता र निबन्ध प्रतियोगिता गर्ने भएको छ । सुजलले स्थापनाको २० औं वार्षिकोत्सवको अवसरमा प्रतियोगिता गर्न लागेको हो ।
देशका सबै प्रदेशबाट दूध संकलन, प्रशोधन र विविधिकरण सहितको बजारीकरण गर्दै आएको सुजलले विद्यार्थी, वितरक र आमा समूहमार्फत दूध पोषण, परिकार र स्वास्थ्य जीवनका बारेमा सचेतना कार्यकम निरन्तर सञ्चालन गर्दै आएको छ । प्रतियोगितामा भाग लिन इच्छुक विद्यालय र विद्यार्थीले मंसिरभित्र कविता र निबन्ध पठाउनुपर्ने छ ।
कविता बढीमा १ सय २५ शब्द र निबन्ध बढीमा ३ सय शब्दमा हुनुपर्ने छ । एक सहभागीले कविता वा निबन्धमध्ये एउटामा मात्र सहभागी हुन पाउने छन् ।
कवितामा उत्कृष्ट १० जना र निबन्धमा उत्कृष्ट ५ जनाले पुरस्कार पाउने छन् । दुवै विधामा प्रथम हुनेलाई १५ हजार, द्वितीय हुनेलाई १२ हजार, तृतीयलाई १ हजार र सान्त्वना २ लाई ३ हजारका साथमा मेडल, प्रमाणपत्र र सुजल डेरीका उत्पादन प्रदान गरिनेछ ।









स्पोट्र्स अवार्ड वैशाख १८ गते हुने
मुग्लिन–आँबुखैरेनी पारी २ लेनको सडक
चर्को आलोचनापछि राष्ट्रपतिकी छोरी संज्ञाले बन्दसूचीबाट फिर्ता लिइन् नाम
पोखरा–विराटनगर उडानको पहल
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया