हेरालो प्रतिष्ठानको साधारण सभा

समाधान संवाददाता २०८१ मंसिर १८ गते १५:३३

पोखरा ।

Advertisement

हेरालो प्रतिष्ठान पोखराकाे स्थापना दिवसको अवसरमा १९औं वार्षिक साधारण सभा भएकाे छ । स्याङ्जा फेदिखोला १ स्थित अयेरपानी सामुदायिक होमस्टेमा बुधबार कार्यक्रम भएको हो ।

संस्थाका पूर्व अध्यक्ष निरज थापाले नयाँ टिमले छोटो समयमा राम्रो काम गरेकोमा खुसी व्यक्त गरे । आउने दिनमा अझ सक्रियतापूर्वक लाग्न सबैलाई अनुरोध गरे ।

पोखरा १३ का पूर्व वडाध्यक्ष राजन गुरुङले वातावरणको क्षेत्रमा काम गर्ने उत्कृष्ट संस्था भनेर नगरपालिकाबाट हेरालोलाई पुरस्कृत गरिएको स्मरण गर्दै राम्रो संस्थासँग जोडिन पाएकोमा आयोजक प्रति आभार व्यक्त गरे । छेउघरे होमस्टेका सञ्चालक एवं हेरालोका निवर्तमान अध्यक्ष झम गुरुङले कार्यक्रमले गाउँको पर्यटन विकासमा सहयोग पुग्ने बताए ।

कार्यक्रममा संस्थाका अध्यक्ष धनराज पुरी, सचिव, कोषाध्यक्ष र लेखा परीक्षकको प्रतिवेदन पारित गरेको सभामा पूर्व अध्यक्ष योगेन्द्र शेरचन, उपाध्यक्ष भेषबहादुर गुरुङ, सचिव तिलक थापा, कोषाध्यक्ष उमाकान्त पराजुली, सहसचिव दिपक भट्टराई, सदस्यद्वय पूजा शाह र यामबहादुर रानाभाट लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया