औषधी व्यवसायीसँग अन्तक्र्रिया

लेखनाथ ।
सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवाको आयोजना र इलाका प्रहरी कार्यालय शिशुवाको सहकार्यमा औषधी व्यवसायीसँग अन्तरक्रया भएको छ । पोखरा २६ देखि ३३ र रुपा गाउँपालिकाभित्र सञ्चालनमा रहेका औषधी व्यवसायीसँग लागुऔषध नियन्त्रणबारे छलफल भएको हो ।
कार्यक्रममा रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले कुलतको पहिलो चरण सुर्ती र चुरोट भएको र त्यसपछि क्रमशः लागुऔषधतर्फ अग्रसर हुने भएकाले यसको रोकथामका लागि औषधी व्यवसायीले ठूलो सहयोग गर्न सक्ने बताए । औषधी व्यवसायि संघ गण्डकी प्रदेश अध्यक्ष केसरी तिवारी, पोखरा २९ का अध्यक्ष श्रीप्रसाद गुरुङ, इलाका प्रहरी कार्यालय शिशुवाका प्रमुख प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकलगायतले बोलेका थिए ।
लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवाका अध्यक्ष गंगा खनालको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष कृष्णप्रसाद ओझा, सदस्य रामकृष्ण खनाल, सदस्य सुमित्रा बन्जरा, केशवराज ढुंगाना र नवराज पौडेलले जुनसुकै कुलतबाट टाढै रहन आग्रह गरे । कार्यक्रममा लागुऔषध नियन्त्रण ब्युरो प्रमुख विद्याधर त्रिपाठीले सहजीकरण गरेका थिए ।








कांग्रेस विवाद समाधानका लागि वार्ता समिति गठन, आज बिहान ९ बजेसम्म बन्दसत्र स्थगित
मिस्टर एन्ड मिस विश्वकर्मा गण्डकीको उपाधि निश्चल र स्वेच्छालाई
निर्वाचन आउन ५१ दिन बाँकी, समानुपातिकका ८५ उम्मेदवारले नाम फिर्ता लिए
१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया