सरकारले सातै प्रदेशमा युवा लक्षित कार्यक्रम ल्याउने

पोखरा । युवा तथा खेलकुद मन्त्री एवं नेपाली कांग्रेसका नेता तेजुलाल चौधरीले युवा लक्षित कार्यक्रमहरू सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।
नेपाली कांग्रेस गण्डकी प्रदेश समितिद्वारा पोखरामा आयोजित भेटघाट कार्यक्रममा उनले देशका सातवटै प्रदेशमा युवा लक्षित कार्यक्रम सञ्चालन गर्ने तयारीमा सरकार लागेको बताए ।
साना साना रोजगारी सिर्जनाका लागि युवालाई ऋण सहयोग गर्ने जस्ता कार्यक्रमहरू अघि सारिएको बताउँदै उनले त्यसबाट अधिकतम युवाहरू लाभान्वित हुनसक्ने विश्वास व्यक्त गरे । नेपाल स्काउट मार्फत् प्रत्येक पालिकामा पुग्ने उल्लेख गर्दै उनले उक्त कार्यक्रममा तालिमका माध्यमबाट युवाहरूको क्षमता अभिबृद्धि हुने धारणा राखे ।
पोखरामा खेलप्रेमीहरूको राम्रो उत्साह देखिएको बताउँदै मन्त्री चौधरीले यहाँको पूर्वाधार विकास लगायतमा सक्दो सहयोग गर्ने विश्वास व्यक्त गरे ।
उपनिर्वाचनमा देखिएको नतिजा कांग्रेसका लागि सन्तोषजनक रहेको बताउँदै उनले एकतावद्ध रुपमा पार्टी संगठनलाई क्रियाशील बनाउनुपर्नेमा जोड दिए ।
निर्वाचनमा जसले टिकट पाए पनि उसलाई सबै मिलेर सहयोग गर्ने वातावरण तयार गर्नुपर्ने उनले बताए । नेपाली कांग्रेस गण्डकी प्रदेश समिति सदस्य एवं प्रचारप्रसार विभागका उपप्रमुख शिरोमणि बरालको सभापतित्वमा भएको कार्यक्रम विभागका सदस्य पदम श्रेष्ठले सञ्चालन गरे । कार्यक्रममा पार्टीका प्रदेश तथा जिल्लास्तरका नेता तथा कार्यकर्ताको सहभागिता थियो ।








जेपी क्रस बास्केटबलः पोखरा युनाइटेड र अल्फा बोर्डिङ फाइनलमा
नेकपा स्थापनादेखि एमालेको ११औँ महाधिवेशनसम्म
आदर्श कप माघको दोस्रो साता
टेनिसमा शिभालीले रचिन् इतिहास
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया