नेपाल रेडक्रस सोसाइटी पोखरा ३२ उपशाखाको रक्तदानमा २३ युनिट रगत संकलन

पोखरा । नेपाल रेडक्रस सोसाइटी पोखरा महानगरपालिका वडा न ३२ उपशाखाले गरेको खुल्ला रक्तदानमा २३ युुनिट रगत संकलन भएको छ ।
उपशाखाको २३ औं स्थापना दिवसका अवसरमा आयोजित रक्तदान कार्यक्रमको प्रमुख अतिथlनेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखा उपसभापति उर्मिला खड्काले गोगन माविका शिक्षिका यामकुमारी तिलिजालाई ब्लड ब्याग हस्तान्तरण गरी उद्घाटन गरिन् ।
नेपाल रेडक्रस सोसाइटी पोखरा महानगरपालिका वडा नं ३२ उपशाखाका अध्यक्ष विन्दुराज तिवारीले उपशाखाले सामाजिक उत्तरदायित्व बहन गर्दै यस किसिमका कार्यक्रमलाई निरन्तरता दिँदै आएको बताए ।
शाखाका निवर्तमान अध्यक्ष किसान परियारले उपशाखाले आफ्नो स्थापना यता सामाजिक सेवाका विभिन्न क्षेत्रमा काम गर्दै आएको बताए । उनले शाखाको ६ कोठे भवन निर्माण कार्य जारी रहेको जानकारी दिए ।
शाखाका अध्यक्ष विन्दुराज तिवारीको सभापतित्व एवम् सचिव विष्णुुबहादुर बस्नेतले सञ्चालन गरेको कार्यक्रममा स्वागत उपशाखा उपसभापति बिमला थापा बस्नेतले गर्नुुभएको थियो भने रेडक्रसका सात सिद्धान्तको वाचन देवी तिवारीले गरेका थिए ।
कार्यक्रममा समाजसेवी एवम नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि मोहनकुमार प्रधान, समाजसेवी खेमराज अधिकारी, गरिमा विकास बैंकका शाखा प्रमुख सन्तोष अधिकारी, उपशाखाका निवर्तमान कोषाध्यक्ष शरणकुमार प्रधान, शुभबिहानी आमा समूहका अध्यक्ष हिमकला खत्री लगायतले बोलेका थिए ।
प्रादेशिक रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोग एवम् शुभबिहानी आमा समूहको खाजा व्यवस्थापनमा भएको कार्यक्रममा विभिन्न संघ सस्थाले आर्थिक, नैतिक एवम् भौतिक सहयोग उपलब्ध गराएको उपशाखाले जनाएको छ ।
तपाईको प्रतिक्रिया