तिब्बती शरणार्थी नागरिकता प्रकरणः वडा सचिवको अनुसन्धान महानगरले गर्ने

समाधान संवाददाता
पोखरा
तिब्बती शरणार्थी नागरिकता प्रकरणमा मुछिएका सरकारी २ कर्मचारीमाथि अनुसन्धानका लागि जिल्ला सरकारी वकिलको कार्यालयले पोखरा महानगरपालिकामा फाइल पठाएको छ ।
एकै व्यक्तिको फरक विवरण राखी २ पटक जन्म दर्ता गरेको आरोप लागेका पोखरा १८ का पूर्व वडा सचिव विष्णुप्रसाद पौडेल र अहिलेका वडा सचिव राजेन्द्र पौडेल र सूचक लेखबहादुर थापाको फाइल बिहीबार महानगरमा पठाइएको हो । उनीहरुलाई महानगरपालिकाले अनुसन्धान गरेरमात्र जिल्ला सरकारी वकिलको कार्यालय मार्फत् मुद्दा दर्ता सहायक जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद शर्माले जानकारी दिए ।
फौजदारी संहिताको अनुसूची १ अनुसार पोखरा महानगरपालिकाले छानबिन तथा अनुसन्धान गर्ने व्यवस्था रहेको शर्माले जानकारी दिए । महानगरपलिका अनुसन्धान गरेर सरकारी वकिल कार्यालयमा मुद्दा दर्ता गराउने व्यवस्था रहेको शर्माले जानकारी दिए ।
पोखरा १८ सराङकोट निवासी लेखबहादुर थापाले हेमजाको तिब्बती शरणार्थी क्याम्पमा बस्दै आएका आफ्ना २ नातिनीलाई छोरी बनाइ जिल्ला प्रशासन कार्यालय कास्कीबाट नागरिकता उपलब्ध गराएको भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीमा उजुरी परेको थियो ।
जेठ २६ गते र असार ६ गते जारी भएका २ नागरिकता भने जिल्ला प्रशासन कार्यालयले यसअघि नै खारेज गरिसकेको छ । तत्कालीन सिडिओ चक्रबहादुर बुढाले छानबिन गरी कारबाही प्रक्रिया अघि बढाएका थिए । तिब्बती शरणार्थीसँग बिहे गरेकी छोरीका छोरीलाई नागरिकता दिलाउन लेखबहादुरले झुठो विवरण पेस गरेको आरोप छ । नागरिकता प्रकरणमा मुछिएका वडाध्यक्ष, तिब्बती युवतीसहित १४ जनालाई जिल्ला अदालत कास्कीले भदौ २० गते धरौटीमा रिहा गरेको छ ।









राजनीतिमा होमिए पूर्व उपरथी बाबुराम श्रेष्ठ
पोखरा महोत्सवको तयारी पुरा
कांग्रेसमा कम्युनिस्ट गन्ध आयो, अब ‘कम्युनिस्टमुक्त कांग्रेस’ चाहिन्छ : शुक्रराज शर्मा
खौलालाँकुरीमा आँखा शिविर : ३१९ जनाले लिए सेवा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया