बहिरा फुटबल खेल क्लब पोखरामा सूर्यमोहन बराल

पोखरा । बहिरा फुटबल खेल क्लब पोखराको दोस्रो वार्षिक साधारण सभा तथा दोस्रो महाधिवेशन शनिबार भएको छ । अधिवेशनले अध्यक्ष सूर्यमोहन बरालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । क्लबको उपाध्यक्ष जमानसिंह गुरुङ, सचिव ज्ञानबहादुर भित्रकोटी, कोषाध्यक्ष राजु श्रेष्ठ रहेको निर्वाचन समितिका संयोजक हरिप्रसाद बरालले जानकारी दिए ।
क्लबको सदस्यमा सुमन गुरुङ, कृष्ण क्षत्री, यशोधा श्रेष्ठ, सकुन पराजुली छन् । घान्द्रुक माझगाउँ काजी भाइ खलक अन्नपूर्णका अध्यक्ष मिनबहादुर गुरुङले अधिवेशनको उद्घाटन गर्दै मानिसको शारिरिक र मानसिक विकासको लागि खेलकुदको महत्व भएको बताए । उनले मानिसको लागि नियमित शारिरिक अभ्यास आवश्यक रहेको उल्लेख गरे । ‘क्लबले नियमित खेलकुदका गतिविधि गरेर राम्रो खेलाडी उत्पादन गर्न आवश्यक छ,’ उनले भने, ‘प्रतियोगिताको लागि खेलाडी छनोट गर्दा भाइबन्दी गर्न हुँदैन ।’ अध्यक्ष गुरुङले अपांगता भएका व्यक्ति र असक्तलाई निस्वार्थ भावनाले सहयोग गर्नु पर्ने चर्चा गरे ।
गण्डकी बहिरा संघका सल्लाहकार हरिप्रसाद बरालले हरेक खेलाडीको बिमा गरे आत्मबल बढेर राम्रो खेल प्रदर्शन गर्न सक्ने बताए । बहिराका अलवा सबै अपांगता भएका व्यक्तिको बिमा सुविधा पाउन पर्ने माग राख्दै उनले बिमाको लागि सबै अपांगता भएका व्यक्ति एकजुट भएर राज्यका निकायलाई दबाब दिन सुझाव दिए ।
महाधिवेशनको उद्घाटन समारोहमा बहिरा फुटबल खेल क्लबका अध्यक्ष ज्ञानबहादुर भित्रकोटी, सहसचिव सूर्यमोहन बराल, राष्ट्रिय बहिरा महासंघ नेपालका सञ्चार अधिकृत विश्व भित्रकोटी लगायतले खेलकुदको महत्वबारे बोलेका थिए । ‘स्वस्थ शरिर स्वस्थ मस्तिष्क, सक्षम खेलाडी फुटबल खेलबाट सम्भव छ’ भन्ने नाराका साथ क्लबको महाधिवेशन गण्डकी बहिरा संघको सचिवालयमा भएको हो । कार्यक्रममा घान्द्रुक माझागाउँ काजी भाइ खलक अन्नपूर्णका अध्यक्ष गुरुङले गण्डकी बहिरा संघलाई १ हजार लिटरको खानेपानीको टंकी हस्तान्तरण गरे ।









म्याग्दीमा जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ
सन् २०२५ मा प्रेस स्वतन्त्रता हननका १२१ घटना, बागमती प्रदेश सबैभन्दा असुरक्षित
चन्दा र श्रमदानबाट घार देउरालीमा दृष्यावलोकन केन्द्र निर्माण
ऋषिराम सिग्देलको ‘हो कसम हो’ बोलको गीत सार्वजनिक
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया