जीवन ज्योति सेवा केन्द्रमा कृष्ण र पितम सम्मानित
समाधान संवाददाता
२०८१ मंसिर २४ गते ५:५४

पोखरा । जीवन ज्योति सेवा केन्द्रले पत्रकार कृष्ण रानाभाट र सूचना प्रविधिको क्षेत्रमा कार्यरत पितम सेन ठकुरीलाई सम्मान गरेको छ । केन्द्रको आयोजनामा केन्द्रीय फेलोसिप तथा लिडर उत्साहित कार्यक्रमको अवसरमा उनीहरुलाई सम्मान गरिएको हो ।
रानाभाट दरबारथोक मिडिया प्रालिका अध्यक्ष हुन् । ठकुरी वेबपेज नेपाल प्रालिका कार्यकारी निर्देशक, दर्शन फाउन्डेसनका अध्यक्ष छन् । केन्द्रकी अध्यक्ष सृजना रिजाल कार्र्कीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सहसचिव लक्ष्मी तामाङ र केन्द्रीय सचिव हेमा खवास, सल्लाहकार संयोजक सागर कार्र्की, संस्थाका अध्यक्ष सृजना रिजाल कार्की लगायतले बोलेका थिए ।
सो अवसरमा पोखरा–१४ भेडिफारम निवासी क्यान्सर पीडित अनुष विकलाई उपचारार्थ ३३ हजार १ सय ५० रुपैयाँ सहयोग प्रदान गरिएको थियो ।
सम्बन्धित








१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
वर्तमान कार्यसमिति भंग गर्ने दबाबबीच कांग्रेस विशेष महाधिवेशन लम्बियो, वार्ताका लागि देउवा तयार
विन्ध्यवासिनी माविको ७९ औँ वार्षिकोत्सव, प्रअ आचार्यलाई ‘अध्यक्ष अवार्ड’
गोगन माविको वार्षिकोत्सव
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया