लायन्स पोखरा ब्युटी सिटीको रक्तदान, ४४ पिन्ट रगत संकलन
समाधान संवाददाता
२०८१ मंसिर २४ गते ६:२६

पोखरा ।
लायन्स पोखरा ब्युटी सिटीको आयोजनामा भएको रक्तदानमा ४४ युनिट रगत संकलन भएको छ । लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ जे नेपाल अन्तर्गतको उक्त क्लबले आइतबार पोखराको न्युरोडमा कार्यक्रम गरी रगत संकलन गरेको हो ।
जिएसटी कोअर्डिनेटर तथा लायन्स क्लब अफ पोखरा ब्युटीसिटीका संस्थापक अध्यक्ष चिनु गुरुङले पहिलो रक्तदाता श्रीकान्त पौडेललाई ब्लडब्याग हस्तान्तरण गरेर कार्यक्रम उद्घाटन गरिन् ।
क्लब पूर्व अध्यक्ष नवीना श्रेष्ठको संयोजकत्वमा भएको कार्यक्रममा रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोग थियो । क्लब अध्यक्ष सीता गुरुङको सभापतित्वमा भएको कार्यक्रममा पूर्व अध्यक्ष शीला अधिकारीले स्वागत गरिन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया