सूचना आयोगका प्रमुख आयुक्त र आयुक्तहरुलाई नियुक्तिपत्र प्रदान

समाधान संवाददाता २०८१ मंसिर २४ गते ६:३३

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त र आयुक्तलाई नियुक्तिपत्र प्रदान गरेका छन् । नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका गुरुङले आइतबार मन्त्रालयमा प्रमुख आयुक्त डा सुरेश आचार्य, आयुक्त गगन विष्ट र दुर्गा भण्डारीलाई नियुक्तिपत्र प्रदान गरेका हुन् ।

Advertisement

मन्त्री गुरुङले पत्र हस्तान्तरणसँगै उनीहरुलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे । मन्त्रालयका सचिव राधिका अर्यालले आयोगको काम, कर्तव्य र अधिकारको प्रयोग गरी जनतामा सेवा गर्नेतर्फ मन्त्रालय आशावादी रहेको बताइन् ।

तपाईको प्रतिक्रिया