पत्रकार महासंघ गण्डकीमा उम्मेदवारी दर्ता

पोखरा ।
नेपाल पत्रकार महासंघको गण्डकी प्रदेश समितिको नयाँ नेतृत्वका लागि सोमबार उम्मेदवारी दर्ता भएको छ । महासंघको निर्वाचन २८ गते हुँदैछ ।
७ पदाधिकारी १४ सदस्य गरी २१ जनाका लागि हुने निर्वाचनमा ३५ जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा प्रेस युनियन र प्रेस चौतारीको समीकरण अनुसार युनियनका रमेश पौडेल र प्रेस सेन्टरसहित विभिन्न संगठनबाट गोविन्द सुवेदीले मनोनयन दर्ता गरेका छन् । सुवेदी यसअघि महासंघ गण्डकीको महासचिव थिए ।
उपाध्यक्ष खुलातर्फ चौतारीका प्रकाश पौडेल र सेन्टरका घनश्याम पाण्डेसहित युनियनका यदुनाथ बन्जाराको उम्मेदवारी परेको छ । युनियनका बन्जाराले चौतारीसँग समीकरण गरेको युनियनको सिफारिसमा उम्मेदवार बनेका होइनन् । महिला उपाध्यक्षमा कमला खत्री केसी र मायाकुमारी अधिकारीको उम्मेदवारी परेको छ । महासचिवमा जमुना वर्षा शर्मा र दीपक परियारको उम्मेदवारी परेको छ । शर्मा चौतारी र परियार सेन्टर आवद्ध पत्रकार हुन् ।
सचिव खुल्लातर्फ ताराप्रसाद शर्मा र भविश्वर पाण्डे, सचिव समावेशीतर्फ रामबहादुर घले परियार र रोशनी गुरुङको मनोनयन दर्ता भएको छ । कोषाध्यक्षतर्फ अग्निधर लुइँटेल, रमेश बस्ताकोटी र सागरराज तिमिल्सिनाको उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ । लुइँटेल प्रेस सेन्टर र बस्ताकोटी युनियनका हुन् । तिमिल्सिनाले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
खुला सदस्यतर्फ श्रीकृष्ण सिग्देल, गणेश पहारी, छविलाल पाण्डे, जनक श्रेष्ठ, ध्रुवराज सुवेदी, विजय नेपाल, राजेश पराजुली, रोशन लामिछाने र शेखर थापाको उम्मेदवारी परेको छ । महिला सदस्यतर्फ ज्योति हमाल, रञ्जिता शर्मा, लक्ष्मी सुनार र सपना अधिकारीले मनोनयन दर्ता गरेका छन् । सदस्य (दलित) तर्फ अमितकुमार विश्वकर्मा र विजय नेपाली उम्मेदवार बनेका छन् ।
सदस्य (आदिवासी जनजाति) तर्फ तिलप्रसाद पुन (तिलक पुन), पदम श्रेष्ठ र मञ्जुल शाक्यको उम्मेदवारी परेको छ । सदस्य (अल्पसंख्यक) तर्फ सुन्दरकुमार थकालीको मात्र उम्मेदवारी परेको छ । समाधान दैनिकका मुस्ताङ संवाददाता थकाली निर्विरोध भएका छन् । तर निर्वाचन समितिले आधिकारिक घोषणा गर्न बाँकी छ ।









खरानीबाट ब्यूँतियो गण्डकी प्रदेशसभा
सम्पादकीय—राष्ट्रियसभाको गरिमा राख
६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
गण्डकीमा ३६४ प्रसूति केन्द्र, घरमै सुत्केरी हुनेको संख्या २०० भन्दा कम
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया