पत्रकार महासंघ बागलुङ अध्यक्षमा राम थापा

समाधान संवाददाता २०८१ मंसिर २९ गते १७:०८

पोखरा । बागलुङ र नेपाल पत्रकार महासंघ बागलुङको अध्यक्षमा राम थापा अविरल ४६ मतसहित निर्वाचित भएका छन्। शुक्रवार अध्यक्षका उम्मेदवार भएको शाखाको निर्वाचनबाट प्रेस सेन्टर र प्रगतिशिल प्यालनबाट उम्मेदार रहेका थापाले प्रेस युनियन र प्रेस चौतारीको प्यालनबाट उम्मेदवार बनेका तारानाथ आचार्यलाई पराजित गर्दै विजयी भएका हुन्।

Advertisement

शाखाको निर्वाचनमा उपाध्यक्षमा सुवास आचार्य ४३, महिला उपाध्यक्षमा सिर्जना पन्त ५०, सचिवमा नारायण रिजाल ४०, सहसचिवमा डम्मर बुढामगर ४३ मत र कोषाध्यक्षमा खेमराज गौतम सुवास ४९ विजयी भएका छन् । समावेशी सचिवमा नवराज परियार निर्विरोध भएका थिए । उनीहरु सवै सत्तापक्षीय गठबन्धनका उम्मेदवार हुन् ।

कार्य समितिको सदस्यमा खुलाबाट अर्जुन कार्की ४८ मत, प्रकाश बराल ४५ मत, प्रदिप पन्त ४७ मत, बालकृष्ण सुवेदी ४० मत, दलितबाट अनिष खाती ३६ मत र आदिवासी जनजातीबाट संगम घर्तीमगर ५० मतका साथ विजयी भए । महिला सदस्यमा मनिषा शर्मा निर्विरोध भएकी छन् ।

तपाईको प्रतिक्रिया