पत्रकार महासंघ गण्डकीमा रमेश, कास्कीमा माधव,गोरखा शाखा निलम्बित

समाधान संवाददाता २०८१ मंसिर २९ गते २०:४१

पोखरा । कार्यावधि सकिएको लामो समयपछि नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश र मातहतका जिल्लाले नयाँ नेतृत्वले पाएको छ । शुक्रबार भएको नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशनअन्तर्गत निर्वाचन मतपरिणाम अनुसार गण्डकी र प्रदेशका गोरखाबाहेकका जिल्लाले नयाँ नेतृत्व पाएको छ ।

Advertisement

शनिबार प्रदेशसँगै जिल्लाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । जस अनुसार गण्डकी प्रदेशमा रमेश पौडेल अध्यक्षमा निर्वाचित भएका छन् । उनले अध्यक्षका प्रत्यासी गोविन्द सुवेदीलाई २२३ मतान्तरले पराजित गर्दै आगामी ३ वर्षे कार्यकालका लागि निर्वाचित भएका हुन् । कनेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालबाट साझा उम्मेदवार पौडेलले ४०१ मत प्राप्त गरेका छन् भने प्रेस सेन्टर, समाजवादी प्रेस संगठन लगायतबाट उम्मेदवार सुवेदीले १७८ मत प्राप्त गरे । गण्डकीमा प्रेस युनियन र प्रेस चौतारीकै साझा गठबन्धनका उम्मेदवारले चुनाव जितेका छन् ।

उपाध्यक्षमा प्रकाश पौडेल, उपाध्यक्ष (महिला) मायाकुमारी अधिकारी, महासचिव जमुना वर्षा शर्मा, सचिव भविश्वर पाण्डे, सचिव (समावेशी) रोशनी गुरुङ र कोषाध्यक्ष रमेश बस्ताकोटी निर्वाचित भए । खुला सदस्यमा विजय नेपाल, गणेश पहारी, जनक श्रेष्ठ, छविलाल पाण्डे, श्रीकृष्ण सिग्देल, युवराज सुवेदी र रोशन लामिछाने निर्वाचित भए ।

सदस्य (महिला) मा ज्योति हमाल, सपना अधिकारी र रञ्जिता शर्मा, सदस्य दलितमा विजय नेपाली, सदस्य (आज) मा पदम श्रेष्ठ र मञ्जुल शाक्य निर्वाचित भए । गण्डकी प्रदेशअन्तर्गत (गोरखा बाहेक) शुक्रबार मतदानको अन्तिम मतपरिणाम शनिबार दिउँसो निर्वाचन समिति संयोजक कोमलनाथ बरालले पोखरास्थित महासंघ प्रदेश कार्यालयमा सार्वजनिक गरेका हुन् ।
नेपाल पत्रकार महासंघ कास्कीमा माधव बराल
नेपाल पत्रकार महासंघ कास्की अध्यक्षमा माधव बराल निर्वाचित भएका छन् । उनले अध्यक्षका प्रत्यासी राजेन्द्र अधिकारीलाई मात्र ९ मतअन्तरले पराजित गरेका हुन् । शुक्रबार भएको मतदानमा २०५ जनाले मतदान गरेको थिए । जसमा बरालको पक्षमा १०५ र अधिकारीको ९६ मत परेको हो । कास्कीमा कूल २२० मत छ ।

बराल प्रेस चौतारी नेपाल र नेपाल प्रेस युनियनबाट साझा उम्मेद्वार थिए भने अधिकारी प्रेस सेन्टर र समाजवादी पत्रकारबाट चुनाव लडेका थिए । उपाध्यक्षमा ९० मतसहित माधवप्रसाद रेग्मी निर्वाचित भए । उनले ९० मत ल्याउँदा उनका निकटतम् प्रतिस्पर्धी श्रीराम सिग्देलले ७७ मत प्राप्त गरे । अर्का प्रतिस्पर्धी कमल पौडेल अथकले ३५ मत ल्याए ।

Advertisement

उपाध्यक्ष (महिला) मा १०९ मतसहित कन्चन थापा निर्वाचित भइन् । विनाकुमारी थापाको ८७ मत आयो । सचिवमा भुपाल गुरुङ निर्वाचित भए । उनले १०२ ल्याउँदा सन्देश श्रेष्ठले ९८ मत ल्याएका छन् ।

सहसचिव (समावेशी) मा धनबहादुर गुरुङ निर्वाचित भए । उनले १२६ मत ल्याउँदा उनका प्रतिस्पर्धी दिलप्रसाद गुरुङले ७२ मत ल्याए । सहसचिवमा ११८ मत ल्याउँदै मधु अधिकारी निर्वाचित भए । श्रीभद्र पौडेलले ८० मत ल्याए । कोषाध्यक्षमा राजाराम पौडेलले सुरेश अधिकारीलाई पराजित गरे । विजयी भए । पौडेलले ११७ र सुरेश अधिकारीले ८० मत ल्याए ।

सदस्य (महिला) मा कविता घर्तीमगर, सदस्य (दलित) मा सुरेश सुनार, निर्वाचित भए । सदस्य (आदिवासी जनजाति) मा पुनम थापा मगर र अन्य समावेशीमा सूर्य परियार निर्विरोध भएका हुन् । क९ खुल्ला सदस्यमा अर्जुन (सुशान्त) गाहा, गौरव त्रिपाठी, राजु गिरी, बालकुमारी पौडेल, सन्तोष सुवेदी, रिखिराम जि.सी., तुलसीराम सुवेदी, निराजन अधिकारी र पुष्पराज दाहाल निर्वाचित भए ।

५ राष्ट्रिय परिषद् सदस्यमा आरजु विष्ट सल्यानी, दीननाथ बराल, कृष्णमणि बराल, भरत कोईराला र राजबहादुर गुरुङ निर्वाचित भए ।

प्रदेश परिषद् सदस्यमा केशव पाठक, खिमाकुमारी गुरुङ, खेमबहादुर सारु, गणेशकुमार श्रेष्ठ, घनश्याम पाण्डे, दुर्गाप्रसाद पौडेल, निरज कायस्थ, प्रकाश ढकाल, विष्णुप्रसाद सापकोटा, मनोहरी पौडेल, राम गुरुङ, शिवराज वस्ताकोटी, सन्तोष बस्याल, सुदर्शन रञ्जित र हरि पन्त निर्वाचित भए ।

गण्डकीको हिमाली जिल्ला मनाङको अध्यक्षमा नविन लामिछाने सर्वसम्मत रुपमा चयन भए । कार्यसमितिको उपाध्यक्षमा फूर्वा छिरिङ लामा, महिला उपाध्यक्षमा सविना सिंह महर्जन, सचिवमा मिनकाशी गुरुङ, कोषाध्यक्षमा मालती घले र सहसचिवमा तिलबहादुर गुरुङ चयन भए ।

सदस्यमा सेराप गुरुङ, सुरेश कुमार थापा, उषा ठकुरी र दुर्गा घले सर्वसम्मत निर्वाचित भए ।
मुस्ताङमा सुनदेवी रसाइली पत्रकार निर्विरोध चयन भएकी छन् । उपाध्यक्ष तृष्णा गौचन, उपाध्यक्ष महिला फूलकुमारी नेपाली, सचिव आदित्य रसाइली, कोषाध्यक्ष नीरज थकाली, सहसचिव सरस्वती ल्वागुन, सहसचिव समावेशी हिक्मत नेपालीको मात्रै उम्मेदवारी परेको थियो ।

नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको अध्यक्षमा हरिकृष्ण गौतम सर्वसम्मत चयन भए । उपाध्यक्षमा दलप्रसाद विक र अमृतप्रसाद पौडेल, सचिवमा ठाकुरप्रसाद आचार्य, सहसचिवमा प्रताप बानियाँ र सन्दीप शर्मा रिजाल, कोषाध्यक्षमा साधन राम्जाली मगर, सदस्यमा कमल खत्री र राकेश शर्मा सर्वसम्मत रुपमा निर्वाचित भए ।

नेपाल पत्रकार महासंघ बागलुङको अध्यक्षमा राम थापा निर्वाचित भएका छन् । उपाध्यक्षमा सुवास आचार्य, महिला उपाध्यक्षमा सिर्जना पन्त, सचिवमा नारायण रिजाल, सहसचिवमा डम्मर बुढामगर, समावेशी सचिवमा नवराज परियार र कोषाध्यक्षमा खेमराज गौतम सुवास विजयी भए ।

कार्य समितिको सदस्यमा अर्जुन कार्की, प्रकाश बराल, प्रदिप पन्त, बालकृष्ण सुवेदी, दलितबाट अनिष खाती, मनिषा शर्मा र संगम घर्तीमगर बिजयी बने ।

नेपाल पत्रकार महासंघ पर्वतको अध्यक्षमा लक्ष्मीप्रसाद सापकोटा सर्वसम्मत निर्वाचित भएका छन् । उपाध्यक्षमा रञ्जना खत्री, महिला उपाध्यक्षमा सङ्गीता केसी बानियाँ, सचिवमा साजन परियार, सहसचिव समावेशीमा विष्णु सापकोटा गौतम, सहसचिव खुल्लामा राजन पौडेल र कोषाध्यक्षमा दीपेश विक रहेका छन् ।

सदस्यमा सङ्गीता केसी, रमा सुवेदी, इन्द्रकुमार विकल्प, सन्तोष पराजुली, मीना पराजुली, मुनाकुमारी लामिछाने, विकासराज पौडेल र गीताकुमारी शर्मा रहेका छन् ।

लमजुङमा सन्देश पौडेल विजयी भएका छन् । उपाध्यक्षमा वेलिना थापा, महिला उपाध्यक्षमा बसन्ता भट्ट बानिया सर्वसम्मत निर्वाचित भएका छन् । यस्तै सचिवमा कृष्ण आले, कोषाध्यक्षमा निरज अधिकारी, सहसचिव पदमा श्रीकला भण्डारी र सीताराम बसेल सर्वसम्मत बने । सदस्यहरुमा आस बहादुर गुरुङ, घन बहादुर घिमिरे जिवी, शान्ता कमली, सविना प्रजा, सुनिता भुजेल, शिला सेन्चुरी विजयी भए ।

स्याङ्जामा प्रदिप कोइरालाको नेतृत्वमा नयाँ कमिटी चयन भएको छ । उपाध्यक्षमा माधव गैह्रे, महिला उपाध्यक्षमा साधना न्यौपाने, सचिवमा हरि प्रसाद सुवेदी (सुशील), समावेशी सहसचिवमा कला राना, सहसचिव खुलामा एक बहादुर गोदार र कोषाध्यक्षमा जोगराज पाठक निर्वाचित भए ।
सदस्यहरुमा युवराज पौडेल, राम बहादुर रोकाहा, कृष्ण बस्याल सविनचन्द्र डोटेल र शालिकराम पोख्रेल विजयी भए ।

नेपाल पत्रकार महासंघ तनहुँमा धनपति अधिकारी (डीपी) निर्वाचित भए । उपाध्यक्षमा प्रताप राना, महिला उपाध्यक्षमा सम्झना रसाइली, सचिवमा कृष्णचन्द्र न्यौपाने, कोषाध्यक्षमा पूर्णबहादुर विश्वकर्मा, सहसचिवमा ऋषिकान्त दुवाडी र किरण श्रेष्ठ निर्वाचित बने ।

सदस्यहरुमा विकास खनाल, विष्णु गौतम, उपेन्द्र खनाल र राजेश्वर हडखले निर्वाचित भए ।
नवलपुरको अध्यक्षमा श्रीराम सिग्देल, उपाध्यक्षमा शालिकराम कोइराला, महिला उपाध्यक्षमा धनु भुसाल, सचिवमा चोलाकान्त रेग्मी, सहसचिवमा सञ्जय भट्टराई, ज्ञानुमाया पंगेनी र कोषाध्यक्षमा इतराज गुरुङ निर्वाचित भए ।

सदस्यमा राम सुनार, प्रीतम भुजेल, राधिका भुसाल, पूजा गुरुङ, मायादेवी कँडेल, निशा भण्डारी, राजु चापागाई, अजय पौडेल, खगेन्द्र पराजुली, लोकनाथ पंगेनी र खेमनारायण महतो विजयी बने ।

पत्रकार महासंघ गोरखा निलम्बित
नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशनमा भाग नलिएको भन्दै नेपाल पत्रकार महासंघ गोरखा शाखा निलम्बनमा परेको छ । महासंघका कार्यवाहक अध्यक्ष बाला अधिकारीले शुक्रबार गोरखालाई निलम्बन पत्र थमाएको हो ।

केन्द्रीय निर्वाचन समितिको कार्यतालिका अनुसार शाखाले आफूखुशी निर्वाचन प्रक्रिया स्थगन गरेपछि केन्द्रले शाखालाई निलम्बन गर्नु परेको विषय पत्रमा उल्लेख गरिएको छ । कार्यवाहक अध्यक्ष अधिकारीद्वारा हस्ताक्षरित निलम्बन पत्रमा महासंघका गोरखा जिल्ला अध्यक्षसहित उपस्थितीमा वि.स २०८१ असोज १९ गते भक्तपुरमा सम्पन्न शाखा अध्यक्षहरु सहितको राष्ट्रिय भेलाबाट मंसिर २८ गते निर्वाचन गर्ने निर्णय विपरित आफुखुशी निर्वाचन कार्यक्रम स्थगन गरेर असहयोग गरेको उल्लेख गरिएको छ । पत्रकार महासंघको विधान, २०६० (पाँचौ संसोधन २०७५) को धारा ३२ र ४३ बमोजिम गोरखा शाखालाई अर्को निर्णय नहुँदासम्मका लागि निलम्बन गरिएको पत्रमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया