ओलम्पिक कमिटीकाे उपाध्यक्षमा तेज गुरुङ

समाधान संवाददाता
पोखरा
नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा जीवनराम श्रेष्ठ पुन निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा नेपाल स्की संघका अध्यक्ष समेत रहेका जीवनरामले नेपाल हकी संघका उमेशलाल श्रेष्ठलाई पराजित गर्दै ४ वर्षे कार्यकालका लागि चुनिएका हुन् । अध्यक्षसहित अधिकांश पदमा जीवनरामको प्यानल नै निर्वाचित भएको छ ।
जीवनरामले १७ भोट ल्याउँदा उमेशलालले १० भोट मात्र पाए । ४ वर्षअघि पनि जीवनरामले उमेशलाललाई नै हराएर अध्यक्षमा जितेका थिए । उपाध्यक्षमा टेनिसकी ज्योति राणा, टेबलटेनिसका चतुरानन्द वैद्य, ह्यान्डबलका तेज गुरुङ, पौडीका अशोक बज्राचार्य र फेन्सिङका सुनील श्रेष्ठ निर्वाचित भएका छन् । उम्मेदवारी दिएका सुटिङका पुष्पदास श्रेष्ठ, कुस्तीका समिम मियाँ अन्सारी र र्यााफ्टिङका राजीव श्रेष्ठ पराजित भएका छन् ।
महासचिवमा ट्रायथलनका निलेन्द्रराज श्रेष्ठ निर्वाचित भएका छन् । उनले कराँतेका पुनेन्द्रविक्रम लाखेलाई ३ भोटले पछि पारे । निलेन्द्रले १५ भोट ल्याउँदा लाखेले १२ भोट पाए ।
३ जना सचिवमा जुडोका दीपकहर्ष बज्राचार्य, ब्याडमिन्टनका रामजीबहादुर श्रेष्ठ र कबड्डीकी तुलसी थापा निर्वाचित भए । राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्यसचिव समेत रहेका उसुका केशवकुमार विष्ट १ भोटले पराजित भएका छन् ।
सदस्यमा दीर्घबहादुर केसी (फुटबल), प्रकाश शमसेर राणा (तेक्वान्दो), टासी घले (गल्फ), रमेश सिवाकोटी (आर्चरी), गोपालसुन्दर लाल कक्षपति (साइक्लिङ), होम दोङ (बास्केटबल) र राम अवाले (बक्सिङ) निर्वाचित भएका छन् ।
सदस्यमा उम्मेदवारी दिएका भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा पराजित भएका छन् । यसअघि उपमहासचिव पिताम्बर तिम्सिना र कोषाध्यक्षमा रतनकुमार टण्डन निर्विरोध भएका थिए ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया