भोलिदेखि पोखरा मनकामना कप

समाधान संवाददाता
खिल नेपाल फुटबल संघ (एन्फा) कास्कीको आयोजनामा छैटौँ संस्करणको ‘मनकामना केबुलकार पोखरा कप’ मंगलबारदेखि हुने सुरु हुने भएको छ । माघ २६ सम्म चल्ने उक्त प्रतियोगिता पोखरा रंगशालामा हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी १२ टिम सहभागी हुनेछन् । ‘प्रतियोगितामा ३ वटा विदेशी टिम सहभागी हुनेछन्,’ कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङले भने, ‘त्यसमा जापानको एक टिम पनि आउने पक्का भइसकेको छ ।’ ८ वटा ‘ए’ डिभिजन क्लब र आयोजक गरी १२ टिमबीच प्रतिस्पर्धा हुने अध्यक्ष गुरुङले जानकारी दिए ।
प्रतियोगितामा मनाङ मस्र्यांदी, संकटा क्लब, थ्रि स्टार क्लब, नेपाल आर्मी, नेपाल पुलिस, एपीएफ, हिमालयन शेर्पा, च्यासल क्लब, आयोजक पोखरा ११, अन्तर्राष्ट्रिय टिममा रिस्सो युनिर्भसिटी जापान, डेफिन्स टिम फेमली र क्यामरुन टिम सहभागी हुने आयोजकले जनाएको छ । ‘उद्घाटन खेल एपीएफ र हिमालयन शेर्पाबीच हुने छ,’ अध्यक्ष गुरुङले भने ।
प्रतियोगिताको विजेता टिमले ७ लाख ५५ हजार रुपैयाँ र उपविजेता टिमले नगद ४ लाख ५ हजार ५ सय ५५ रुपैयाँ र कप प्रात गर्नेछन् ।
प्रतियोगितामा उत्कृष्ट ५ विधाका खेलाडीलाई २५ हजार रुपैयाँ उत्कृष्ट खेलाडीलाई मोटरसाइकल दिइने आयोजकले जनाएको छ ।
‘लामो समय फुटबलमा योगदान दिएका एकजनालाई पनि मोटरसाइकल सहित सम्मान गर्नेछौं,’ गुरुङले भने, ‘अन्य खेलाडी र पत्रकारलाई समेत सम्मान गर्नेछौं ।’









१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
वर्तमान कार्यसमिति भंग गर्ने दबाबबीच कांग्रेस विशेष महाधिवेशन लम्बियो, वार्ताका लागि देउवा तयार
विन्ध्यवासिनी माविको ७९ औँ वार्षिकोत्सव, प्रअ आचार्यलाई ‘अध्यक्ष अवार्ड’
गोगन माविको वार्षिकोत्सव
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया