बुढिबजारमा राेकिराखेको टिप्परमा मोटरसाइकल ठोक्किदा एककाे मृत्यु
समाधान संवाददाता
२०८१ पुष २ गते ११:२६

पोखरा ।
पोखरा महानगरपालिका २६ बुढिबजारमा सोमबार राति टिप्परमा मोटरसाइकल ठोक्किदा मोटरसाइलमा सवार एक जनाको मृत्यु भएको छ । ग११प ६०५६ नम्बरको मोटरसाइकल लु२ख ४५२७ नम्बरको टिप्परमा ठोक्किदा पोखरा ३३ बागमाराका २९ वर्षीय अशोक लामिछानेको मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका लामिछानेलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय डाँडाको नाकले जानकारी दिएको छ ।
प्रहरीका अनुसार टिप्पर बिग्रिएर सडक छेउमा रोकेर मर्मत गरिरहेको अवस्थामा मोटरसाइकल पछाडिबाट आएर ठोक्किएको थियो । मोटरसाइकल पनि पूर्णरुपमा क्षति भएको छ ।
टिप्पर चालक रसुवाका ३७ वर्षीय वासुदेव घिमिरे र दुवै सवारीलाई नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित









१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
वर्तमान कार्यसमिति भंग गर्ने दबाबबीच कांग्रेस विशेष महाधिवेशन लम्बियो, वार्ताका लागि देउवा तयार
विन्ध्यवासिनी माविको ७९ औँ वार्षिकोत्सव, प्रअ आचार्यलाई ‘अध्यक्ष अवार्ड’
गोगन माविको वार्षिकोत्सव
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया