नेपाल टुरिजम कलेज र काठमाडौं विश्वविद्यालयबीच सहकार्य हुने

पोखरा । नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज र काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टबीच संस्थागत विकास र आपसी हितलाई प्रवर्द्धन गर्न सहकार्यको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ।
पोखरामा मंगलबार सम्पन्न उक्त कार्यक्रममा दुवै संस्थाले शैक्षिक, अनुसन्धान तथा व्यवसायिक गतिविधिहरूमा सहकार्य गर्ने निर्णय गरेका छन् ।
समझदारीको मुख्य उद्देश्य एक अर्काको संस्थागत शक्ति, अनुभव र स्रोतहरूको अधिकतम प्रयोग गर्दै व्यवसायिक व्यवस्थापन स्रोत र अभ्यासहरूको विकास र उपयोगमा योगदान पुर्याउनु रहेको छ । समझदारी पत्रमा नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजको तर्फबाट कलेजका अध्यक्ष अशोक पालिखे र प्राचार्य प्रकाश रेग्मी, तथा काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टको तर्फबाट डिन प्राडा विजय केसीले हस्ताक्षर गरेका छन्।
सहकार्यले दुवै संस्थालाई शैक्षिक र व्यावसायिक क्षेत्रमा थप प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको अध्यक्ष पालिखेले बताए ।
सहकार्यका मुख्य दायरा :
शिक्षण, तालिम, अनुसन्धान तथा परामर्श कार्यक्रमहरूमा सहकार्य ।
संयुक्त अनुसन्धान र व्यवसायिक कार्यक्रमहरूको सञ्चालन ।
संकाय आदानप्रदान कार्यक्रम ।
ज्ञानको विकास र प्रसारका लागि शैक्षिक, नीति र व्यवसायिक सम्मेलन, सेमिनार तथा वकालत कार्यक्रम सञ्चालन ।









नक्कली नोट छाप्ने मेसिन र उपकरणसहित पक्राउ
हेड्स नेपालको विद्यार्थीलाई सहयोग
‘अटेरी’ अभियन्ता गनेस पौडेल रास्वपा केन्द्रीय सदस्य मनोनीत
एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको सचिवालय उद्घाटन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
तपाईको प्रतिक्रिया