बिश्वकर्मा कपकाे उपाधि रामघाटलाई

समाधान संवाददाता, पोखरा
विश्वकर्मा सेवा समाज लाहाचोक, कास्कीले आयोजना गरेको प्रथम विश्वकर्मा कप खुला सेभेन ए साइड फुटबल प्रतियोगिताको च्याम्पियन बौद्धशान्ति क्लब रामघाट बनेको छ । पुरानो टुडिंखेलमा शनिबार भएको फाइनल खेलमा गैह्री एफसी कस्करीलाई २–१ गोल अन्तरले पराजित गर्दै रामघाट च्याम्पियन बनेको हो ।
रामघाटको जितका लागि घन तामाङ र बिशन गुरुङले समान १ गोल गरे भने कस्केरीको तर्फबाट राकेश राईले जवाफी १ गोल फर्काएका थिए । च्याम्पियन बनेसँगै रामघाटले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद १ लाख १ हजार १ सय ११ रुपैया प्राप्त ग¥यो भने उपविजेता बनेको कस्केरीले सिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद ५१ हजार १ सय ११ मा चित्त बुझायो ।
प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडीका रुपमा रामघाटका त्रिदेब गुरुङ घोषित भए । उत्कृष्ट डिफेन्डरका रुपमा कस्केरीका जोन तामाङ र सोही क्लबकै राकेश राई उत्कृष्ट मिडफिल्डरका रुपमा पुरस्कृत बने भने रामघाटका बिशन गुरुङले प्रतियोगिता अवधिभर ५ गोल गर्दै सर्बाधिक गोलकर्ताको उपाधि र सोही क्लबकै हिमाल गुरुङ उत्कृष्ट गोलरक्षकको हकदार बने ।
२१ गतेदेखि सञ्चालनमा रहेको प्रतियोगितामा सहभागी ४३ टिमबाट विजेता र उपविजेता बन्न सफल टिमलाई सिजी ब्रुअरी प्रालि गण्डकी प्रदेश म्यानेजर सुबोध रिसाल, आयोजक संस्थाका अध्यक्ष जीवन बिश्वकर्मा लगायतले पुरस्कार वितरण गरेका थिए ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया