विद्यार्थीलाई ‘द ट्रान्जिट फायर एन्ड क्याम्प’को सहयोग

पोखरा ।
मादी गाउँपालिकाका जेहेन्दार विद्यार्थीलाई ‘द ट्रान्जिट फायर एण्ड क्याम्प’ले विभिन्न २ विद्यालयका जेहेन्दार विद्यार्थीलाई लत्ताकपडा सहयोग गरेको छ । गत असोजमा ‘द ट्रान्जिट फायर एन्ड क्याम्प’मा सम्पन्न सांगीतिक कार्यक्रममार्फत संकलित रकममध्ये केही रकमबाट मादी गाउँपालिका–७ को बाल पदम र मादी–६ को शिव शक्ति प्राविका ४३ जना विद्यार्थीलाई टोपी र स्वेटर सहयोग गरिएको हो ।
उक्त सामग्री विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बोधराज बराल र प्रधानाध्यापक कलाधर सापकोटा तथा पदम सापकोटालाई द ट्रान्जिट रिसोर्टका सञ्चालक नर गुरुङ, आशिष गुरुङ र सुवास गुरुङले संयुक्त रूपमा हस्तान्तरण गरे । त्यस अवसरमा बोल्दै विद्यालय परिवारले आभार प्रकट गर्दै आगामी दिनमा समेत सामाजिक कार्यलाई निरन्तरता दिन आग्रह गरेका थिए ।
मादी गाउँपालिका–३ ज्याम्दु (तानतिङ जाने रुट) मा नर गुरुङ, आशिष गुरुङ र सुवास गुरुङले ‘द ट्रान्जिट रिसोर्ट’ सञ्चालन गर्दै आएका छन् । उक्त रिसोर्ट क्याम्पिङका लागि लोकप्रिय छ । व्यवसायिक लाभसँगै सामाजिक कार्य गर्ने उद्देश्यसहित ‘द ट्रान्जिट फायर एन्ड क्याम्प’को सञ्चालक टिमले सहयोगको अभियान चलाएको युवा व्यवसायी नर गुरुङले बताए ।
‘हामीले व्यावसायिक लाभ मात्रै होइन, सामाजिक क्रियाकलापमा पनि प्रत्यक्ष सहयोग र योगदान पुर्याउने भनेर नै यो अभियान चलाएका हौं,’ गुरुङले भने । उनका अनुसार पहिलो चरणमा मादी गाउँपालिका–७ को बाल पदम र मादी–६ को शिव शक्ति प्राविका ४३ जना विद्यार्थीलाई टोपी र स्वेटर प्रदान गरिएको हो । अब अर्को चरणमा बाँकी अन्य विद्यालयमा सहयोग गर्ने योजना रहेको उनले बताए ।







पोखरा र जापानको ओत्सुकीबीच पर्यटन, प्रविधि र शिक्षामा सहकार्यको छलफल
पोखराका ११ वडाको भूमि वर्गीकरण सम्पन्न, अन्योल हटाउने महानगरको योजना
जिपिटिएको कर्मचारी क्षमता अभिबृद्वि कार्यक्रम
जेनजी आन्दोलनका बेला तोडफोडमा संलग्न रास्वपा नेतासहित ५ पक्राउ
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
मन लोभ्याउने पुनहिल
पोखरामा रातिसँगै बसेर रक्सी खाए, तेस्रो भेटमै हत्या गरे
तपाईको प्रतिक्रिया