लेखनाथमा पहिलो विद्युतीय चार्जिङ स्टेसन

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नं २६ का जगत बरालको व्यावसायिक यात्रा राइस मिलदेखि पेट्रोल पम्प हुँदै चार्जिङ स्टेसनसम्म आइपुगेको छ । बरालले विसं २०५२ सालमा पोखरा–२६ को बुढीबजारमा इन्द्र ज्योति आयल स्टोर्स सञ्चालन गरेका थिए ।
बुबा इन्द्रप्रसाद बरालको प्रेरणाले विसं २०४१ सालमा साविक लेखनाथ क्षेत्रमा पहिलोपटक विद्युतबाट चल्ने राइस मिल राखेर कामसँगै दाम कमाएका बरालले अहिले चाहिँ विद्युतीय चार्जिङ स्टेसन खोलेका छन् ।
देशमा बढ्दो विद्युतीय गाडीको आकर्षणलाई ध्यानमा राख्दै इन्द्र ज्योति आयल स्टोर्सको भगिनी व्यवसायका रूपमा माया चार्जिङ स्टेसन सञ्चालनमा ल्याएका हुन् । लायन्स क्लबदेखि सामाजिक संघ–संस्थामा आबद्ध हुँदै अघि बढेका बराल लेखनाथ उद्योग वाणिज्य संघको उपमहासचिवसमेत भइसकेका व्यवसायी हुन् ।
विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्ने उद्देश्यले ४० लाख रुपैयाँ लागतमा लेखनाथ क्षेत्रमा निजी क्षेत्रको पहिलो चार्जिङ स्टेसन मंगलबारदेखि सञ्चालनमा ल्याएका हुन् । विद्युतीय सवारीसाधनका लागि छिटो चार्ज गर्न सकिने गुणस्तरीय मेसिनबाट सेवा प्रवाह गरिएको उनले बताए ।
उक्त चार्जिङ स्टेसनको मंगलबार लेखनाथ उद्योग वाणिज्य संघका कोषाध्यक्ष ध्रुवबाबु भट्टराई र नेपाल विद्युत् प्राधिकरण तालचोक शाखाका इन्जिनियर विकास चौधरीले सामूहिक रूपमा उद्घाटन गरेका हुन्। उक्त मेसिनबाट करिब २५–३० मिनेटमा फुल चार्ज हुने बताइएको छ ।









राजनीतिमा होमिए पूर्व उपरथी बाबुराम श्रेष्ठ
पोखरा महोत्सवको तयारी पुरा
कांग्रेसमा कम्युनिस्ट गन्ध आयो, अब ‘कम्युनिस्टमुक्त कांग्रेस’ चाहिन्छ : शुक्रराज शर्मा
खौलालाँकुरीमा आँखा शिविर : ३१९ जनाले लिए सेवा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया