फेवा संवादमा जुट्दै १० देशका विज्ञ

पोखरा । समाज रुपान्तरण, आर्थिक समृद्धि र मुलुकको उन्नतिका लागि पोखरामा विश्व औद्योगिक रुपान्तरणमा दक्षिण एसियाको विकल्प सम्बन्धी फेवा संवाद गर्न लागिएको छ । संवादमा दक्षिण एशियाको रुपान्तरणमा सम्भावित विकल्पका विषयमा छलफल केन्द्रित हुने त्रिभुवन विश्वविद्यालयका रेक्टर प्राडा खड्ग केसीले जानकारी दिए ।
त्रिभुवन विश्वविद्यालय र चीनको सिचुआन विश्वविद्यालयको संयुक्त आयोजनामा पहिलो पटक बिहीबार र शुक्रबार कार्यक्रम गर्न लागिएको हो । दक्षिण तथा दक्षिणपूर्वी एसियाली मुलुकहरुको सहकार्यलाई थप प्रगाढ बनाउने, अन्तर आवद्धतालाई अवसरमा रुपान्तरण गर्ने, प्रविधि र विकासको साझेदारी अभिवृद्धि गर्ने उद्देश्यले गरिएको संवादको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ ।
चीनका ३०, नेपालबाट २०, भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशबाट ३/३ जना, भुटान, मलेसिया, सिंगापुर, इन्डोनेसिया लगायत देशबाट विज्ञ आउँदै
रेक्टर केसीले संवादमार्फत विश्वका प्रभावशाली मुलुकसँग सहकार्य गरी समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आंकाक्षालाई पूरा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको बताए । ‘संवाद विषय विज्ञता र अनुभव साटासाट गर्ने र भविष्यमा हुनसक्ने आर्थिक, सामाजिक र शैक्षिक सहकार्यहरुमा केन्द्रीय हुनेछ,’ उनले भने, ‘संवाद समाजको समृद्धि र मुलुकको उन्नतिका लागि प्लेटफर्म बन्ने छ ।’ उनले संवादमार्फत समाज रुपान्तरण र आर्थिक समृद्धिका विषयमा विदेशी विज्ञबाट सिकेर नेपालमा लागु गर्ने जानकारी दिए ।
सम्मेलनमा चीनका ३०, नेपालबाट २०, भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशबाट ३/३ जना, भुटान, मलेसिया, सिंगापुर, इन्डोनेसिया लगायत देशबाट प्रतिष्ठित विज्ञहरुको सहभागिता रहने छ । रेक्टर केसीले सम्मेलनमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, पूर्वपरराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, डा प्रकाशशरण महत, पूर्वमन्त्री कमल थापा, पूर्वअर्थमन्त्री डा युवराज खतिवडा, लगायत राजनीतिज्ञ, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरु डा दीपेन्द्रबहादुर क्षेत्री, प्राडा गोविन्दराज पोखरेल, डा विश्व पौडेल, पूर्वराजदुत, विश्वविद्यालयका प्राध्यापक, लगायत विज्ञहरुको सहभागिता रहने बताए ।
सिचुवान विश्वविद्यालयका प्रतिनिधि डा गाओ लिञ्जले नेपालको समृद्धि र नेपालको चीनको जनस्तरमा सम्बन्ध अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । नेपालको पर्यटन प्रवद्र्धनका फेवातालको महत्व भएको उल्लेख गर्दै उनले चीनका पूर्व राष्ट्रपति चाऊ ऐनलाईले पोखरा भ्रमण गर्दै बिपी कोइरालासँग फेवातालमा ढुंगा सयर गरेको स्मरण गरे ।
नेपालको ७६ जिल्लामा विस्तारित त्रिभुवन विश्वविद्यालयले विश्वका करिब १ सय ८२ विश्वविद्यालयहरुसँग शैक्षिक, प्राज्ञिक एवं अनुसन्धानात्मक सहकार्य गर्दै आइरहेको छ । देशका ८२ प्रतिशत विद्यार्थी पढ्ने विश्वविद्यालयमा गत वर्षभन्दा ३ प्रतिशत विद्यार्थी बढेको रेक्टर केसीले जानकारी दिए ।









राजनीतिमा होमिए पूर्व उपरथी बाबुराम श्रेष्ठ
पोखरा महोत्सवको तयारी पुरा
कांग्रेसमा कम्युनिस्ट गन्ध आयो, अब ‘कम्युनिस्टमुक्त कांग्रेस’ चाहिन्छ : शुक्रराज शर्मा
खौलालाँकुरीमा आँखा शिविर : ३१९ जनाले लिए सेवा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया