हिरासतमा रवि लामिछाने सुतेको फोटो फेक भएको आशंका, पहिलो पोष्ट गर्ने व्यक्ति खोज्दै प्रहरी

पोखरा ।
कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सुतिरहेको भनिएको फोटो यति बेला सामाजिक सञ्जालमा भाइरल भैरहेको छ ।
फोटो पोष्ट गर्दै रास्वपाका नेता कार्यकर्ताले कास्की प्रहरीले रविको गोपनियता र मानव अधिकारको उल्लङ्घन गरेको भन्दै आपत्ति जनाएका छन भने कतिपयले कास्की प्रहरीलाई कारवाही गर्न माग गरेका छन् ।
रवि विरोधी मान्छेहरुले ठिक उल्टो प्रहरी हिरासतमा राजकीय सुविधाका साथ रविलाई राखिएको भन्दै आलोचना गरेका छन । अरु अभियुक्तको हिरासत बसाई तुलना गर्दै गरिएका विभिन्न पोष्टहरुले सामाजिक सञ्जालको भित्ता रंगिएका छन् ।
तर कास्की प्रहरीको ध्यान भने अन्तै छ । उसले त्यो फोटो पहिलो पटक पोष्ट गर्ने मान्छे खोज्दै छ । कास्की प्रहरीले सिसी क्यामेरा लगाएर रविको चियो चर्को गरेको भनिएको फोटो फेक हुन सक्ने प्रहरीको आशंका छ ।
एआईको जमाना छ, फोटो फेक भएको आशंका छ, त्यसैले पहिलो पटक पोष्ट गर्ने मान्छे खोज्दैछौं- कास्की प्रहरी प्रमुख श्याम ओलियाले समाधानसँग भने ।
रवि लामिछाने सुतिरेको भनिएको भाईरल फोटोमा साइडको टेबलमा उर्दु भाषाको किताब देखिन्छ भने रविले लगाएको टोपी मुस्लिम समुदायका मानिसले लगाउने टोपीसँग मेल खान्छ ।
त्यसैले कतैको कसैको फोटोमा रविको अनुहार मिलाएर प्रहरीको आलोचना गर्ने हतियार बनाएको आशंकामा कास्की प्रहरीले पहिलो पटक सामाजिक सञ्जालमा पोष्ट्याउने व्यक्ति खोज्दैछ ।









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया