ग्राहकलाई सिजीले दियो एनपिएल टिकट

समाधान संवाददाता २०८१ पुष ४ गते १९:१६

पोखरा । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको रौनकमा सिजी इलेक्ट्रोनिक्सले आफ्ना ग्राहकलाई विशेष उपहार दिने अफर ल्याएको थियो ।

Advertisement

कम्पनीले आफ्नो उत्पादन खरिद गर्ने १ हजार भाग्यशाली ग्राहकलाई कीर्तिपुरस्थित क्रिकेट स्टेडियममा प्रत्यक्ष खेल हेर्न निशुल्क टिकट प्रदान गरेको थियो । एलजी, सिजी, टिसिएल, गोदरेज, बेको, सेन्साई, ब्ल्याक एन्ड डेकर, माइडिया, केन्ट, एलिका र क्रम्प्टन जस्ता चर्चित ब्रान्डका उत्पादन खरिद गर्ने ग्राहकहरु लक्की ड्र मार्फत छानिएका थिए ।

सिजी इलेक्ट्रोनिक्सका प्रतिनिधिले भने, ‘हामी १ हजार ग्राहकलाई एनपीएलको रमाइलो क्षण उपहार दिन पाउँदा निकै खुसी छौँ । ग्राहकको सन्तुष्टि हाम्रो प्राथमिकता हो र यो अफरले उहाँहरुलाई उत्कृष्ट मूल्यका साथै क्रिकेटको प्रत्यक्ष मज्जा लिन सक्ने अवसर प्रदान गरेको छ ।’ उनले नेपाली खेलकुद क्षेत्रलाई निरन्तर साथ दिँदै यस्ता कार्यक्रमहरु भविष्यमा पनि आयोजना गर्ने प्रतिबद्धता जनाएका छन् ।

यो अफर अवधिभर टिभी, वासिङ मेसिन, फ्रिज, एयर कन्डिसनर, विभिन्न प्रकारका हिटर, डिसवासरदेखि लिएर एयर फ्रायर, भ्याकुम क्लिनर, आइरन, कफी मेकर जस्ता साना घरेलु उपकरणसम्म खरिद गर्न ग्राहकहरुले उत्साह देखाएका थिए ।

सिजी इलेक्ट्रोनिक्सले यो अभियानलाई सफल बनाउन सहयोग गर्ने सबै ग्राहकलाई धन्यवाद दिँदै भविष्यमा अझ रोमाञ्चक अफरहरु ल्याउने प्रतिबद्धता जनाएको छ । ‘यो अभियानले क्रिकेट प्रेमी ग्राहकहरुलाई हाम्रो ब्रान्डसँग जोड्ने अवसर मात्र होइन, उहाँहरुको उत्साहको हिस्सा बन्न पाउनु पनि हाम्रो लागि गर्वको कुरा हो,’ कम्पनीका प्रतिनिधिले बताएका छन् ।
सिजी इलेक्ट्रोनिक्सले ग्राहकको विश्वास र समर्थनलाई उच्च सम्मान गर्दै भविष्यमा पनि उत्कृष्ट उत्पादन र सेवामार्फत उहाँहरुको अपेक्षा पूरा गर्ने योजना बनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया