एनपिएल फाइनलको टिकट सोल्ड आउट
समाधान संवाददाता
२०८१ पुष ५ गते १२:२३

पाेखरा।
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेलको टिकट केही घन्टामै सोल्ड आउट भएको छ । बिहीबार बेलुकी टिकट खुलेकोमा केही घन्टामै सोल्ड आउट भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । क्यानले फाइनल खेलका लागि १० हजार बढी टिकट बेच्न लागेको हो। फाइनल खेलको टिकट मूल्य साधारणतर्फ ५ सय र भिआइपी एक हजार रुपैयाँ तोकिएको थियो ।
फाइनलमा शनिबार मध्यान्ह सवा १२ बजे जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धा गर्दैछन् । फाइनल अघि जनकपुर र सुदूरपश्चिम दुई पटक आमनेसामने भइसकेका छन् । लिग चरणको खेल र पहिलो क्वालिफायर खेलमा जनकपुर र सुदूरपश्चिम आमनेसामने भएका थिए। दुवै खेल सुदूरपश्चिमले जितेको थियो भने दुवै खेलमा दर्शक खचाखच थिए।
सम्बन्धित








एसओएस गण्डकीको ४२औं खेलकुद सम्पन्न, माछापुच्छ्रे सदन च्याम्पियन
पोखरा बहुमुखीमा नयाँ सञ्चालन समितिका पदाधिकारीलाईं बधाई
भीरकोट सामीप्य समाजले सञ्चालन गरेको मुनाकृष्ण पुरस्कारबाट ४ सम्मानित
पोखरामा ‘बुकहिल बुकाञ्जा’ विचार, साहित्य र संगीतको उत्सव
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया