प्रतिभा माविमा फुटसल प्रतियोगिता

पोखरा । पोखराको पालिखेचोकस्थित प्रतिभा माविमा शुक्रबारदेखि अन्तर सेक्सन फुटसल प्रतियोगिता सुरु भएको छ । विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत छात्रहरुले प्रतियोगितामा भाग लिएका छन् । प्रतियोगिता दुइदिनसम्म चल्नेछ । विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापन विषयका छात्रहरुले समूह बनाएर प्रतिश्पर्धा गरेका छन् ।
प्रतियोगिता संयोजक राकेश जोशीका अनुसार विद्यालयको वार्षिक खेलकुद कार्यक्रम अन्तरगत शुक्रबारदेखि फुटसल प्रतियोगिता आयोजना गरिएको हो । वार्षिक खेलकुदका केही प्रतियोगिता यसअघि नै सकिएका छन् ।
जोशीका अनुसार प्रतियोगितमा विभिन्न ३३ वटा समूहले भाग लिएका छन् । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई शिल्ड, मेडल र प्रमाणपत्र दिइने उनले बताए । त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट कोच लगायतलाई पनि शिल्ड, मेडल र प्रमाणपत्र दिइनेछ । खेलाडी र टिमकोचलाई बल हस्तान्तरण गरेर प्रतियोगिता सुरु भएको थियो ।
विद्यालयका प्राचार्य किरण सापकोटाले प्रतिभा माविले खेलकुदका क्षेत्रमा हरेक वर्ष नयाँनयाँ रेकर्ड कायम गर्दै आएको बताए । विद्यार्थीमा रहेको खेलप्रतिको मोहलाई ध्यान दिएर विद्यालयले हरेक वर्ष विभिन्न खेलकुदका गतिविधि गर्दै आएको छ ।
अघिल्लो महिना पोखरामा भएको १७ औं संस्करणको हिसान स्पोर्टस मिटमा पनि प्रतिभा मावि नै च्याम्पियन भएको थियो । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीले आयोजना गरेको प्रतियोगितामा योसँगै प्रतिभा मावि लगातार तेश्रोपटक च्याम्पियन बनेको थियो ।









राजनीतिमा होमिए पूर्व उपरथी बाबुराम श्रेष्ठ
पोखरा महोत्सवको तयारी पुरा
कांग्रेसमा कम्युनिस्ट गन्ध आयो, अब ‘कम्युनिस्टमुक्त कांग्रेस’ चाहिन्छ : शुक्रराज शर्मा
खौलालाँकुरीमा आँखा शिविर : ३१९ जनाले लिए सेवा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया