सिक्लेसको संस्कृतिक ग्राम पर्यटन पूर्वाधार निर्माण योजनास्थल अवलोकन

पोखरा । जिल्ला समन्वय समिति कास्की प्रमुख लीलाधर पौडेलले विकास निर्माणमा तोकिएको समय र गुणस्तरमा कुनै सम्झौता नहुने प्रष्ट पारेका छन् । कास्कीको मादी गाउँपालिकास्थित पर्यटकीय गाउँ सिक्लेसमा सुरु भएको संस्कृतिक ग्राम पर्यटन पूर्वाधार निर्माण योजनाको स्थलगत अध्ययन, अवलोकनका क्रममा उनले सम्झौता अनुसार निर्माण व्यवसायीले काम गर्नुपर्ने आवश्यकता औंल्याए ।
संस्कृतिक ग्रामको योजनाले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्ने प्रमुख पौडेलको भनाइ छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पर्यटन पूर्वाधार एवं पर्यटन उपज विकास साझेदारी कार्यक्रम अन्तर्गत ३ करोड ७ लाख ८३ हजार १ सय ८५ लागत मुक्तिनाथ प्राकृतिक जेभीले निर्माणको जिम्मा लिएको हो ।
नेपाल सरकारको ७० प्रतिशत र मादी गाउँपालिकाको ३० प्रतिशत साझेदारीमा निर्माण गरिने संस्कृतिक ग्राम अन्तर्गत ६४ सिसीटिभी जडान, नमुना घर, पूरै गाउँलाई समेटेर विद्युत लाइन विस्तार, नयाँ सिँढी बाटो निर्माण कार्य अन्तिम चरणमा पुगेको वडाध्यक्ष देवीजंग गुरुङले जानकारी दिए ।
५ सयमध्ये २ सय ४० विद्युतपोल प्रयोग भएका छन् भने नयाँ बाटोको काम करिब सम्पन्न हुने अवस्थामा पुगे पनि स्थानीय कच्चा पदार्थ प्रयोग गरेर स्तरोन्नति गरिने सिँढी बाटो, डस्टबिन र सूचना बोर्ड राख्ने काम नभएको उनको भनाइ छ ।
आगन्तुक एवं स्थानीय व्यवसायीको सुरक्षाका लागि गाउँभरी सिसीटिभी जडान गरिएका छन् । जिल्ला समन्वय समिति कास्कीका प्रमुख पौडेलको नेतृत्वमा उपप्रमुख सरिता कुमाल, समन्वय अधिकारी नवराज बराल, प्राविधिक, पत्रकारसहितको टोली स्थलगत अनुगमनमा पुगेको थियो ।
निर्माण व्यवसायी ओम गौचनले डिपिआर अनुसारको काम गर्न अप्ठेरो परेको जनाए । लोकल ढुंगा प्रयोग गरेर पदमार्ग स्तरोन्नति गर्ने भए पनि उक्त स्थानमा उपयुक्त ढुंगा नरहेको सम्झौतामा ५ सय विद्युत पोल रहे पनि २ सय ४० वटा पोलले पूरै गाउँलाई पुगेको उनले उल्लेख गरे ।









‘नेतृत्व परिवर्तन १५औं महाधिवेशनबाट गरौं, अहिले चुनावमा जुटौं’ : कार्यवाहक सभापति खड्का
म्याग्दीमा जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ
सन् २०२५ मा प्रेस स्वतन्त्रता हननका १२१ घटना, बागमती प्रदेश सबैभन्दा असुरक्षित
चन्दा र श्रमदानबाट घार देउरालीमा दृष्यावलोकन केन्द्र निर्माण
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया