लागुऔषध नियन्त्रण अभियान चलाऔंः प्रमुख जिल्ला अधिकारी पाण्डे

लेखनाथ । कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले समाजमा व्याप्त लागुऔषध तथा सुर्तीजन्य पदार्थको प्रयोग न्यूनीकरणका लागि सामूहिक अभियान चलाउनुपर्नेमा जोड दिएका छन् । लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्रले शुक्रबार लागुऔषध तथा सूर्तीजन्य पदार्थ न्यूनीकरणसम्बन्धी अन्तरक्रियामा उनले यस्तो बताएका हुन् ।
प्रमुख जिल्ला अधिकारी पाण्डेले लागुऔषध नियन्त्रण केवल प्रहरी प्रशासनले मात्र नभई त्यहाँ रहेका सामाजिक संघ, संस्था तथा सचेत नागरिकले अभियान नै चलाउनुपर्ने आवश्यकता औंल्याएका हुन् । ट्राफिक कार्यालय गण्डकी प्रदेशका प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर शाहीले सही तरिकाले ट्राफिक नियम पालना गर्ने हो भने ९० प्रतिशत घटना कम गर्न सकिने सुनाए ।
लेखनाथ सामुदायिक सेवा केन्द्रका अध्यक्ष गंगा खनालको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा पोखरा २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङ, डाँडाकोनाक प्रहरी चौकीका प्रमुख श्रवणकुमार विक, लेखनाथ उद्योग बाणिज्य संघका महासचिव जानुका अधिकारी र लोकदोहोरी गायक शिवहरि ढुंगाना, संस्थाका उपाध्यक्ष कृष्ण सुवेदी र सदस्य नवराज पौडेलले बोलेका थिए ।








पोखरा बहुमुखीमा नयाँ सञ्चालन समितिका पदाधिकारीलाईं बधाई
भीरकोट सामीप्य समाजले सञ्चालन गरेको मुनाकृष्ण पुरस्कारबाट ४ सम्मानित
पोखरामा ‘बुकहिल बुकाञ्जा’ विचार, साहित्य र संगीतको उत्सव
कास्कीमा नागरिकताभन्दा पासपोर्ट लिने बढी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया