पोखरा हार्डवेयर एसोसिएसनको ट्राफिक सचेतना कार्यक्रम

पोखरा । पोखरा हार्डवेयर एसोसिएसनले शनिबार ट्राफिक सचेतना कार्यक्रम गरेको छ । कार्यक्रममा ट्राफिक प्रहरीसँगको सहकार्यमा सवारी चालक तथा सहचालकहरूलाई ट्राफिक नियम पालना गर्न प्रेरित गरिएको थियो।
कार्यक्रममा गण्डकी प्रदेश, पोखराका प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर शाही, जिल्ला ट्राफिक कार्यालयका प्रमुखलगायत सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति थियो। उनीहरूले सडक सुरक्षाको महत्वमाथि जोड दिँदै ट्राफिक नियम पालना गर्न आग्रह गरे ।
कार्यक्रममा जिल्ला ट्राफिक कार्यालय कास्कीका वरिष्ठ प्रहरी निरीक्षक एवम् सूचना अधिकारी शिव पाठक, जिल्ला ट्राफिक कार्यालय कास्कीका वरिष्ठ नायब निरीक्षक राजीव बिष्ट लगायत विभिन्न चौकीका चौकी इन्चार्जहरूको उपस्थिति थियो।
विशेष गरी, जिल्ला ट्राफिक कार्यालय कास्कीका वरिष्ठ नायब निरीक्षक राजीव बिष्टले प्रशिक्षण प्रदान गरे । उनले ढुवानीका साधनहरूबाट हुने धुलो प्रदूषण र सडक दुर्घटना न्यूनीकरण गर्न चालकहरूलाई सचेत गराउँदै ढाला भन्दा बाहिर निस्कने रड, पाइपहरूलाई राम्रोसँग बाँध्ने, सिमेन्ट बोकेका गाडीलाई राम्रोसँग छोप्ने जस्ता विषयमा विशेष ध्यान दिन आग्रह गरे ।
कार्यक्रममा संस्थापक अध्यक्ष योगेन्द्र प्रधान, परिकल्पनाकार रामचन्द्र थापा, निवर्तमान अध्यक्ष पृथ्वीराज तिमिल्सिना लगायत संस्थाका पूर्व अध्यक्ष एवम् पूर्व बरिष्ठ सल्लाहकार , वर्तमान कार्यसमिति परिवार, व्यावसायी, चालक तथा सहचालक गरी करिब सय जनाको सहभागिता थियो।
कार्यक्रममा उपस्थित सबैले ट्राफिक नियम पालना गर्ने प्रतिबद्धता जनाएका छन्। यस कार्यक्रमले सडक सुरक्षाका लागि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
पोखरा हार्डवेयर एसोसिएसनका अध्यक्ष अर्जुनबहादुर थापाले यस कार्यक्रमले ट्राफिक व्यवस्था सुधारमा महत्वपूर्ण योगदान पुर्याउने बताए। उनले सडक सुरक्षा सबैको साझा दायित्व भएको उल्लेख गर्दै सबै पक्ष मिलेर सडक सुरक्षाका लागि काम गर्नुपर्नेमा जोड दिए।









पोखरा बहुमुखीमा नयाँ सञ्चालन समितिका पदाधिकारीलाईं बधाई
भीरकोट सामीप्य समाजले सञ्चालन गरेको मुनाकृष्ण पुरस्कारबाट ४ सम्मानित
पोखरामा ‘बुकहिल बुकाञ्जा’ विचार, साहित्य र संगीतको उत्सव
कास्कीमा नागरिकताभन्दा पासपोर्ट लिने बढी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया