पोखरा सुनचाँदी व्यवसायी संघ अध्यक्षमा मंगलराज शाक्य

पोखरा । पोखरा सुनचाँदी व्यवसायी संघको २४ औं साधारण सभा तथा १२ औं अधिवेशन शनिबार भएको छ। पुष्पमान बुद्धाचार्यको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य प्रमुख अतिथि थिए।
दोस्रो सत्रमा सम्पन्न निर्वाचनमा मंगलराज शाक्य सर्वसम्मत रूपमा संघको अध्यक्षमा चयन भएका छन्। यसअघि संस्थापक उपाध्यक्ष महेन्द्रमान गुभाजू निर्वाचित संयोजक रहेको चुनावी समितिले नयाँ कार्यसमितिको घोषणा गरेको हो।
नयाँ कार्यसमितिमा उपाध्यक्षमा दिनेशमान बुद्धाचार्य, सचिवमा प्रविण बुद्धाचार्य, कोषाध्यक्षमा रविन्द्रमान बज्राचार्य, सह–सचिवमा महेशरत्न शाक्य र कार्यकारी सदस्यहरूमा नितिन बज्राचार्य, राकेशमान बुद्धाचार्य, सञ्जिव गुभाजू तथा सुमन शाक्य चयन भएका छन्।
यसअघिको कार्यसमितिको कार्यकाल सम्पन्न भएपछि भएको यस निर्वाचनले संघमा नयाँ नेतृत्व चयन गरेको छ। नयाँ नेतृत्वले आगामी दिनमा संघलाई थप उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया