समता काव्य सन्ध्याको ३ सय ७६ औं शृङ्खला

पोखरा । पोखरेली युवा साँस्कृतिक परिवारले हरेक महिनाको पहिलो शनिबार सञ्चालन गर्दै आएको समता काव्य सन्ध्याको ३ सय ७६ औं शृङ्खला शनिबार भएको छ । कविताको अघोषित पाठशालाका रुपमा परिचित काव्य सन्ध्यामा परिवारका संस्थापक सचिवसाहित्यकार सरुभक्तले कविता लेखनमा लगातारको मेहनत, ध्यान र अध्ययन आवश्यकता हुने बताए ।
परिवारका सल्लाहकार तीर्थ श्रेष्ठले ३ दशकसम्म अविछिन्न रुपमा चलेको कविताको अघोषित पाठशालाबाट उत्पादित कविहरू राष्ट्रिय प्रतिभा बनिसकेको चर्चा गर्दै यसको प्रभाव मूल्यांकन र शोध गर्न आवश्यक भएको बताए । कार्यक्रममा कविहरु ईश्वरमणि अधिकारी, लक्ष्मण थापा, दीपक समीप, रुपीन्द्र प्रभावी, विष्णु अल्पविराम, शिव त्रिपाठी, अमृत क्षत्री, त्रुपक, देवेन्द्र केसी, शिव संकल्प, माधव खतिवडा, प्रदीप खनाल, एकदत्त लम्साल, गीता तिवारी, शोभा लामिछाने, संगीता बराल बिसी, जमुना कायस्थ, संगीता गौतम, ढाकामोहन बराल लगायतले रचनावाचन गरेका थिए ।
संस्थाकी अध्यक्ष रीता अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा साहित्य संयोजक केशु शर्मा र सचिव एमडी काफ्लेले पनि बोलेका थिए ।








पोखरा बहुमुखीमा नयाँ सञ्चालन समितिका पदाधिकारीलाईं बधाई
भीरकोट सामीप्य समाजले सञ्चालन गरेको मुनाकृष्ण पुरस्कारबाट ४ सम्मानित
पोखरामा ‘बुकहिल बुकाञ्जा’ विचार, साहित्य र संगीतको उत्सव
कास्कीमा नागरिकताभन्दा पासपोर्ट लिने बढी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया