टीकाराम बास्तोला स्मृति सम्मान १ संस्थासहित ६ जनालाई

पोखरा । हेमजा साहित्य प्रतिष्ठान नेपालद्वारा सञ्चालित टीकाराम बास्तोला स्मृति सम्मान विभिन्न शिक्षासेवी तथा समाजसेवीलाई अर्पण गरिने भएको छ ।
संस्थाको हालै सम्पन्न बैठकले यो वर्ष एक संस्थासहित ६ जनालाई पुरस्कार अर्पण गर्ने निर्णय गरेको हो । यो वर्ष सम्मानित हुने स्रष्टामा शिक्षासेवी जोर्ज जोन, चतुरमान श्रेष्ठ, स्वास्थ्यसेवी प्राडा देशराजबहादुर कुँवर, समाजसेवी अधिवक्ता रामचन्द्र त्रिपाठी, धर्मराज बास्तोला र मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपाल छन् ।
शिक्षा तथा समाजसेवी टीकाराम बास्तोलाको परिवारद्वारा स्थापित अक्षयकोषबाट हरेक वर्ष माघ ८ गतेका दिन प्रतिष्ठानले सम्मान कार्यक्रम गरी स्मृति दिवस मनाउँदै आएको छ । बाँस्तोलाका छोराद्वय डा दिनेश बास्तोला र ई. रमेश बास्तोलाको पहलमा बास्तोला परिवारद्वारा स्थापित अक्षयकोषबाट यस अगाडि विभिन्न स्रष्टा, साथक तथा संस्था नगदसहित सम्मानित भइसकेको प्रतिष्ठानका सचिव परशुराम अधिकारीले जानकारी दिए ।
संस्थाले सम्मानपत्र, दोसल्ला र ११ हजार नगद राशिसहित सम्मान गर्दै आएकोमा कोषबाट आर्जित ब्याज र परिवारको सहकार्यमा हरेक वर्ष पुरस्कारको राशि वृद्धि गर्दै आएको प्रतिष्ठानका अध्यक्ष बलराम पौडेलले जानकारी दिए ।









विन्ध्यवासिनी माविमा पुनः बाटाजूको नेतृत्व, शिअसंमा प्रेम
पोखरा ३३ मा ल्याण्डफिल साइटको विरोध, वडाध्यक्षले खुकुरी नचाए
कालिका आविको ३६औं वार्षिकोत्सव
कास्कीमा २ हजार ३०३ निर्वाचन प्रहरी माग
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया