दियालो कृषि सहकारीको सभा

पोखरा ।
दियालो कृषि सहकारी संस्था लिमिटेड पोखरा २५ हेमजाको १३ औं वार्षिक साधारण सभा भएको छ । संस्थाको २०८०/०८१ सम्म सेयर पुँजी ३ करोड १ लाख २८ हजार ५ सय, निक्षप संकललन ४ करोड ३६ लाख १ हजार ७ सय ९२ रुपैयाँ र ऋण लगानी ५ करोड ६९ लाख ९५ हजार ४ सय २७ छ ।
कार्यक्रममा संस्थाका सचिव वेदराज त्रिपाठी, कोषाध्यक्ष राजेश त्रिपाठी, ऋण उपसमिति संयोजक कुलप्रसाद त्रिपाठी र लेखा समिति संयोजक प्रकाशचन्द्र त्रिपाठीले प्रस्तुत गरेको प्रतिवेदन सभाले पारित गरेको छ ।
संस्थाले सेयर सदस्यहरुलाई व्यावयसायिक बनाउने नीति अनुसार ९ प्रतिशत ब्याजदरमा कृषि तथा व्यवसाय कर्जा प्रदान गर्ने अध्यक्ष मोहनप्रसाद त्रिपाठीले जानकारी दिए । ‘विशेष गरी संस्थाका सेयर सदस्यलाई नै लक्षित गरी सञ्चालक समितिले कम व्याजदरमा कर्जा प्रवाह गर्ने निर्णय गरेको हो’, त्रिपाठीले भने, ‘कृषिलाई व्यावसायिक बनाउनका लागि संस्थाक सेयर सदस्यहरुले यो सुविधा उपयोग गर्न सक्नुहुन्छ ।’
सेयर सदस्यलाई वार्षिक रुपमा बोनसमात्र नभई अन्य सेवाबाट सुविधा दिने लक्ष्य संस्थाको रहेको उनले जनाए । आफ्नो कारोवार आफ्नै सहकारीमार्फत गर्न उनले अनुरोधसमेत गरे ।
कार्यक्रममा उत्कृष्ट बचतकर्ता ओमकुमारी बास्तोला, असल ऋणी तुलदेवी रोकालाई सम्मान गरियो । संस्थाका अध्यक्ष मोहनप्रसाद त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कुलप्रसाद त्रिपाठी, सदस्य मनिषा पोख्रेल र सचिव वेदराज त्रिपाठीले पनि बोलेका थिए ।









पोखरा बहुमुखीमा नयाँ सञ्चालन समितिका पदाधिकारीलाईं बधाई
भीरकोट सामीप्य समाजले सञ्चालन गरेको मुनाकृष्ण पुरस्कारबाट ४ सम्मानित
पोखरामा ‘बुकहिल बुकाञ्जा’ विचार, साहित्य र संगीतको उत्सव
कास्कीमा नागरिकताभन्दा पासपोर्ट लिने बढी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया