साफ यु–१८ च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय टिम घोषणा

समाधान संवाददाता, काठमाडाैं
साफ यु–१८ च्याम्पियनसिपका लागि नेपालका प्रमुख प्रशिक्षक चेतनारायण श्रेष्ठले राष्ट्रिय टिम घोषणा गरेका छन्।
श्रेष्ठले दोस्रो चरणमा परेका ३० खेलाडीबाट छान्दै २३ सदस्यीय राष्ट्रिय टिम घोषणा गरेका हुन्।
आगामी शुक्रबारबाट सुरु हुने प्रतियोगिता हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा हुँदैछ।
साविक विजेता नेपालले शुक्रबार हुने उद्घाटन खेलमा माल्दिभ्ससँग खेल्नेछ। समूह ‘ए’ मा नेपाल र माल्दिभ्ससहित भुटान पनि छ। नेपालले दोस्रो खेल आइतबार भुटानसँग खेल्नेछ।
यस्तै समूह ‘बी’ मा भारत, श्रीलङ्का र बंगलादेश छन् । दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्ने छन्। फाइनल खेल असोज १२ गते हुनेछ।
गोलकिपर : विशाल सुनार, सूर्य अधिकारी, पुजन होडा
डिफेन्डर : विशाल बस्नेत, रन्दीप पौडेल, पदम भट्टराई, सुजन शर्मा, नवीन गुरुङ, रोशन दोङ, अलिक रुम्बा, अन्जन महर्जन
मिडफिल्डर : शिशिर लेखी, रोशन रानामगर, आकास बुढामगर, जय गुरुङ, मनिष थापा, कुशल फुयाल, नितिन थापा
फरवार्ड : ब्रिजेश चौधरी, सचु गुरुङ, निरज चौधरी, कैलाश लामिछाने, दर्शन गुरुङ, मनिष डाँगी







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया