पोखरा उद्योग वाणिज्य संघमा आवद्ध बस्तुगत समितिहरूको बैठक

पोखरा ।
पोखरा उद्योग वाणिज्य संघमा आवद्ध विभिन्न बस्तुगत समितिहरूको बैठक सम्पन्न भएको छ । फेन्सी तथा रेडिमेड व्यवसायी संघको कार्यालयमा भएको कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघको बस्तुगत समन्वय समितिका संयोजक पृथ्वीराज तिमल्सिनाले पोखरा उद्योग वाणिज्य संघले आफूलाई दिएको जिम्मेवारी पूरा गर्न उद्योग वाणिज्य संघमा आवद्ध विभिन्न बस्तुगत समितिका अध्यक्षलगायत पदाधिकारी तथा सदस्यहरूसँग सल्लाह सुझाव लिएर आफूले काम गर्ने बताए ।
पोखरा उद्योग वाणिज्य संघका सदस्य तथा बस्तुगत समन्वय समितिका सदस्य मनोहरि पौडेलले बस्तुगत व्यवसायीहरुका समस्याहरु आफूहरुले वाणिज्य संघको हरेक बैठकमा राख्ने गरेको बताउँदै पोखरा उद्योग वाणिज्य संघले यही माघ १० गतेदेखि १७ गतेसम्म आयोजना गर्न लागेको राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आईटी महोत्सवलाई सफल पार्न विभिन्न बस्तुगत समितिहरुलाई आग्रह गरे ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका सदस्यहरू तथा बस्तुगत समन्वय समितिका सदस्यहरु दुर्गा बराल तथा सूर्यराज घिमिरेले पोखरा उद्योग वाणिज्य संघमा आवद्ध विभिन्न २९ वटा बस्तुगत समितिहरु मिलेर आइपर्ने समस्याहरू समाधान गर्दै जानुपर्ने बताउँदै यस्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा आएका सल्लाह सुझावहरु उद्योग वाणिज्य संघको बैठकमा लैजान सहयोग पुग्ने बताए ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघमा आवद्ध विभिन्न बस्तुगत समितिका अध्यक्षलगायत प्रतिनिधिहरुले विभिन्न सुझाव दिएका थिए भने पोखरा उद्योग वाणिज्य संघले यही माघ १० गतेदेखि १७ गतेसम्म आयोजना गर्न लागेको राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आईटी महोत्सवलाई सफल पार्न आफूहरुले सहयोग गर्ने प्रतिवद्धता प्रकट गरेका थिए ।
फेन्सी तथा रेडिमेड व्यवसायी संघका अध्यक्ष एक नारायण पनेरुको अध्यक्षतामा भएको कार्यक्रममा संघका उपाध्यक्ष नवराज त्रिपाठीले स्वागत मन्तव्य राखेका थिए भने संघकी महासचिव नारायणी दवाडीले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।
तपाईको प्रतिक्रिया