ऋषिकान्तलाई लेखनाथ पत्रकारिता पुरस्कार

लेखनाथ ।
यस वर्षको लेखनाथ पत्रकारिता पुरस्कार ऋषिकान्त पौडेललाई प्रदान गरिने भएको छ । लेखनाथ पत्रकार मञ्चले हरेक वर्ष प्रदान गर्ने यो पुरस्कारको राशि ११ हजार १ सय ११ रुपैयाँ नगद र सम्मानपत्र छ ।
२ दशकअघि पत्रकारिता सुरु गरेका पौडेल हाल रेडियो नेपालमा आबद्ध छन् । उनले हिमदूत पत्रकारिता पुरस्कार, यातायात व्यवसायिक पत्रकारिता पुरस्कार पाइसकेका छन् । पुरस्कार छनोट समितिमा लेखनाथ पत्रकार मञ्चका अध्यक्ष कविराज खनाल, सचिव विष्णुहरि पौडेल, लेखनाथ उद्योग वाणिज्य संघ अध्यक्ष विनोद श्रेष्ठ, पूर्व सम्मानित पत्रकार परशुराम शर्मा र संस्थापक अध्यक्ष भीमपाणि बराल थिए ।
यसअघि सो पुरस्कारबाट मेघराज आचार्य, रामप्रसाद तिमिल्सेना, वसन्तराज अधिकारी, वासुदेव पौडेल, परशुराम शर्मा, भीमपाणि बराल, सरिता तिमिल्सेना र दीपक परियार सम्मानित भइसकेका छन् ।पुरस्कार पुस १५ मा हुने कविशिरोमणि लेखनाथ पौड्यालको जन्मजयन्तीको मूल समारोहमा प्रदान गरिनेछ ।








शिक्षक महासंघले स्थानीय तहलाई दबाब दिने
वार्षिकोत्सवको तयारीमा विन्ध्यवासिनी मावि
सीताघाट व्यवस्थित गरिँदै
वारागुङ र घरपझोङमा ऊर्जा योजना
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया