रवि लामिछानेसँग अदालतमा बयान सुरु

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग जिल्ला अदालत कास्कीमा बयान सुरु भएको छ ।
न्यायाधीश नितिज राईको इजलाशमा उनको बयान सुरु भएको हो । सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका उनीविरुद्ध सम्पत्ति शुद्धीकरण लगायतमा जिल्ला अदालत कास्कीमा मुद्दा दायर भएको छ ।
उनका व्यावसायिक साझेदार छविलाल जोशी र अर्की आरोपित लीला पछाईंसँगको बयान सकिएपछि बिहीबार रविको बयान सुरु भएको हो ।
पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध पुस ७ मा जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता भएको हो ।
लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोगमा पूरक अभियोगपत्र दायर भएको हो ।
रविविरुद्ध फरकफरक कसुरमा सजाय माग गर्दै अभियोगपत्र दर्ता भएको छ । लामिछानेसहित व्यक्ति र संस्था गरी ४४ जनाविरुद्ध पूरक अभियोग आइतबार दर्ता भएको हो ।
लामिछानेमाथि दायर भएको सहकारी ठगीसम्बन्धी अभियोगमा विभिन्न व्यक्तिको खातामा रकम परिचालन गरी ठगी गरेको आरोप छ । अभियोगपत्र अनुसार रविले सहकारीबाट ३ करोड ३७ लाख रुपैयाँ ठगेका छन् ।









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया