अधिकारकर्मी दुर्गा न्यौपानेलाई ईन्द्रा स्मृति पुरस्कार

पोखरा । साहित्यकार एवं अधिकारकर्मी दुर्गा न्यौपाने ईन्द्रा स्मृति नारी मिलन पुरस्कारबाट सम्मानित भएकी छन् । मानव मिलन जारी जागरण नेपालले बिहीबार आयोजना गरेको कार्यक्रममा न्यौपानेलाई नगद १० हजार ५ सय ५५ सहित राजयोगिनी ब्रह्मकुमारी प्रनिताले सम्मान गरिन् ।
गीता अध्ययन प्रतिष्ठानकी अध्यक्षसमेत रहेकी न्यौपाने मानव अधिकारका लागि महिला एकल महिला समूह कास्कीकी संस्थापक अध्यक्षसमेत हुन् । उनलाई एकल महिलाको अधिकारका लागि संस्थागत प्रयासमा गरेको योगदानस्वरुप सम्मान गरिएको हो ।
सम्मानित व्यक्तित्व न्यौपानेले कर्म गर्दै गए फल आफैं प्राप्त हुने जनाइन् । उनले भनिन्, ‘काम गर्दै गए निष्पक्ष तरिकाले पनि मूल्यांकन हुँदै रहेछ भन्ने अनुभूति भएको छ । पुरस्कारले मलाई ऊर्जा थपेको छ ।’ न्यौपानेका याद गर (कविता संग्रह), मनको आकास (गजल संग्रह) र नदेखिएको घाउ (आत्मसंस्मरण) प्रकाशित छन् ।
संस्थाकी पूर्व सल्लाहकार दुर्गादेवी बास्तोला संयोजक र पार्वती पौडेल रेग्मी, सुजाना क्षेत्री, संस्थापक अध्यक्ष मेनुका पोखरेल र सचिव रुक्मिणी खड्का सदस्य रहेको प्रतिभा छनोट समितिले उनलाई पुरस्कृत गर्न सिफारिस गरेको थियो ।
कार्यक्रम आयोजक संस्थाकी अध्यक्ष मेनका पोखरेलको अध्यक्षतमा भएको थियो ।









पोखरामा पल्सर स्पोर्ट्स अवार्डको तयारी पूरा : पहिलोपटक उपत्यकाबाहिर हुँदै, विश्वकप ट्रफी प्रदर्शन
काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाले पाए भ्रष्टाचार मुद्दामा सफाइ
नाटक ‘मृत्यु यस्तो हुनुहुँदैन’ मञ्चनको तयारी
रामकोटमा पोखरा मिडटाउनको शिविर
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया