माउन्ट अन्नपूर्णमा वार्षिक खेलकुद

पोखरा । पोखरा ३ नदीपुर स्थित माउन्ट अन्नपूर्ण माविमा वार्षिक खेलकुद प्रतियोगिता भएको छ । कक्षा ३ देखि कक्षा १० सम्मका विद्यार्थीबिच भएको कार्यक्रममा कक्षा ३, ४, ५ बिच छुट्टै र कक्षा ६ देखि १० लाई छुट्टै समूहमा विभाजन गरी खेल खेलाइएको थियो ।
बास्केटबल, भलिबल, हेन्डबल, सटफुका साथै एथलेटिक्सका इभेन्ट पनि समावेश उक्त कार्यक्रममा नीलो सदन च्याम्पियन बनेको थियो भने हरियो र रातो सदन क्रमशः द्वितीय र तृतीय बने । ३ दिनसम्म भएको कार्यक्रममा नेपाल ओलम्पिक कमिटी उपाध्यक्ष तेजबहादुर गुरुङले मानव जीवनमा खेलको महत्वबारे प्रकाश पारे ।
खेल जित्नका लागि मात्रै नखेलेर मनोरञ्जन लिने र समूहमा मिलेर काम गर्दा हुने फाइदाका विषयमा ज्ञान लिन पनि विद्यार्थीलाई उनले आग्रह गरे । विद्यालयका प्राचार्य सइन्द्रराज श्रेष्ठले विद्यार्थीले आआफ्नो सदनको प्रतिनिधित्व गर्दै अनुशासनपूर्वक खेल प्रदर्शन गरेकोमा धन्यवाद दिए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष एसपी प्रधानांगले हारजित खेलमा सामान्य भएको र प्रतियोगितामा भाग लिनु नै प्रमुख विषय भएको जनाए । विद्यालयका शैक्षिक निर्देशक अशोक शाहीले खेलले विद्यार्थीको शारीरिक तथा मानसिक विकासमा टेवा पुर्याउने उल्लेख गरे । कार्यक्रमको संयोजन विद्यालयका शैक्षिक प्रमुख महादेव भण्डारीले गरेका थिए ।







जेलबाट छुटेकै दिन पतिद्वारा पत्नीको हत्या
आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया