हिमालय आँँखा अस्पताल युनियनमा गोविन्द योगी

पोखरा । नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन हिमालय आँखा अस्पताल पोखरा १७ घारीपाटन कास्कीको आठौं अधिवेशन भएको छ । अधिवेशनले अध्यक्ष गोविन्दनाथ योगीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
उपाध्यक्षमा शकुन्तला श्रेष्ठ, सचिव अनिलकुमार सिंह, सहसचिव कल्पना आचार्य र कोषाध्यक्षमा पुण्यप्रताप शाह छन् । युनियनका सदस्यमा सन्तोष बराल, शान्ति चौधरी, चित्रा उप्रेती, वसन्ती भुजेल, तेजबहादुर गुरुङ र दीप गुरुङ छन् ।
कार्यक्रममा नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका केन्द्रीय अध्यक्ष उमेश गिरीले आधिकारिक ट्रेड युनियन (सिविए)को निर्वाचनमा ध्यान दिन युनियनलाई आग्रह गरे । ‘अहिलेसम्म युनियन व्यवस्थित र रिपोर्टिङ राम्रो छ,’ उनले भने, ‘श्रम ऐनको धारा १६ अन्तर्गत सिबिए निर्वाचन गर्नुपर्छ ।’
उनले युनियनले संस्था सुधारको लागि १८ बुँदे माग पेश गरेको जनाए । उनले व्यवस्थापनले युनियनका सदस्यको वृत्ति विकासमा ध्यान दिनुपर्ने बताए । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) गण्डकी प्रदेश कमिटी अध्यक्ष रुद्रबहादुर खत्रीले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा समेट्न अस्पताल प्रशासनसँग माग गरे । उनले श्रमिक सचेत र संगठित भए भन्दैमा व्यवस्थापन चिन्तित हुनु नपर्ने तर्क गरे ।
खत्रीले इमान्दार र अनुशासित भएर काम गर्नुको अलवा हक अधिकारप्रति सचेत बन्न आग्रह गरे । नेपाल नेत्र ज्योति संघ कास्कीका सचिव तथा अस्पताल व्यवस्थापन समितिका सदस्य डा नारायण बरालले सामूहिक शौदाबाजी भन्दा सामूहिक सुधारमा लाग्न युनियनलाई अनुरोध गरे ।
उनले युनियन दिगो भएता पनि व्यवस्थापन अल्पकालीन हुने जानकारी दिए । अस्पतालका मेडिकल डाइरेक्टर डा इलिया श्रेष्ठले व्यवस्थापन र युनियन मिलेर अस्पताललाई व्यवस्थित रुपमा अगाडि बढाउन प्रस्ताव गरिन् । व्यवस्थित प्रणालीको विकास गरेर अस्पताललाई उदाहरणीय बनाउने जानकारी दिँदै उनले सबै मिलेर अरु अस्पतालका युनियन हेर्न आउने बनाउनुपर्ने बताइन् ।
कार्यक्रममा नेपाल नेत्र ज्योति संघ कास्कीका उपाध्यक्ष डा नन्दु श्रेष्ठ, अस्पताल व्यवस्थापन समितिका सदस्य प्राडा ज्ञानबहादुर कार्की, जिफन्ट कास्की अध्यक्ष जनकराज सिग्देल, नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका केन्द्रीय सदस्य गोविन्दनाथ योगी, युनियनका अध्यक्ष प्रेमकुमार नकर्मी, उपाध्यक्ष उपाध्यक्ष शकुन्तला श्रेष्ठ, सचिव अनिलकुमार सिंह लगायतले स्थास्थ्यकर्मी तथा कर्मचारीको हक अधिकारका लागि युनियनले खेलेको भूमिकाबारे बोलेका थिए ।
तपाईको प्रतिक्रिया